Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले तुराङ्गको प्रशिक्षण कार्यक्रम सम्पन्न

Published on 10:19:00 PM //


अनिल खत्री
गुल्मी, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी एमाले तुराङ्ग गाउँ कमिटीद्धारा आयोजित गाउँ पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण भेला तुराङ्ग गाविसको मजुवा वजारमा सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा २ नं. क्षेत्रीय कमिटिका सदस्य विष्णु गौतम, १ नं. क्षेत्रीय कमिटीका सदस्य प्रेम पराजुली, अनेरास्ववियु गुल्मीको तर्फवाट राजेन्द्र विक्रम कुँवर लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा समसामयिक राजनितिक परिस्थिति र संगठन सुदृढिकरणको सन्दर्भमा प्रमुख अतिथी सापकोटा र समसामयिक विद्यार्थी आन्दोलन र अनेरास्ववीयुको भुमिकाको विषयमा राजेन्द्र विक्रम कुँवरले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग