Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७५ करोडको उपल्लो हुग्दीखोला जलबिद्युत परीयोजनाले कात्तिक देखी निर्माण थाल्ने

Published on 9:57:00 PM //


टोपलाल अर्याल
गुल्मी, साउन २४ । पाँच मेगावाट क्षमताको गुल्मी जिल्लाको उपल्लो हुग्दी खोला जलविद्युत परियोजनाले कात्तिकदेखि निर्माण कार्य शुरु गर्ने भएको छ ।

गुल्मीको शान्तिपुर र हरेवा गाविसमा बाँध बाँधेर १ हजार ६ सय मिटर लम्बाईको पाइपलाइनमार्पmत रुपाकोटको खशीमारे खोला नजिकैबाट साहस हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत परियोजनाको संयुक्त लगानीमा ५ मेगावाट विद्युत उत्पादन शुरु हुन लागेको हो ।

झण्डै ७५ करोड रुपैंया लागत रहेको परियोजना निर्माणका लागि प्रभावित जग्गा खरिद, पिपिए, वातावरणीय प्रभाव मुल्याङ्कनलगायतका सबै कार्य सम्पन्न गरिसकेको परियोजनाका कार्यकारी अध्यक्ष पूर्ण कडरियाले बताउनु भयो ।

उपल्लो हुग्दीखोला जलविद्युत परियोजना स्थानीय व्यक्ति, संघ संस्थाको पूर्ण संलग्नतामा निर्माण हुने परियोजना भएको उहा“ले जानकारी दिनुभयो । परियोजनाको जम्मा लागत ७४ करोड ९४ लाख रुपैंया छ ।

परियोजना प्रभावित शान्तिपुर, हरेवा, रुपाकोट र तुराङ्ग गाविसका सबै संघ संस्था, स्थानीय बासिन्दालाई परियोजनामा शेयर लगानीका लागि खुल्ला गरिएको साहस हाइड्रोपावरले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग