Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका खरेलद्वारा जापानमा झुन्डिएर आत्महत्या

Published on 10:04:00 PM //


जापानमा फेरी एक नेपाली झुन्डिएर आत्महत्या गरेको समाचार प्राप्त भएको छ । गुल्मी इन्द्रेगौँडा स्थायी घर भई बिगत ६ बर्ष देखि जापानको आराखावा कुको मिकावासिमामा श्रीमतीसँग बस्दै आएका  खिमानन्द खरेल आराखावा कुको कुयाक्सो अगाडीको गार्डेनमा सोमबार बिहान ५ :३० बजे  पुलिसले झुन्डिएको अवस्थामा फेला पारेको जानकारी  प्राप्त भएको छ।

लगभग ६ बर्ष अगाडि कुक भिसामा जापान आएका ३५  बर्षिय  खरेल  बिगत १ महिना देखि बेरोजगार रहेको उनका आफन्तले बताए। उनका आफन्तका अनुसार  बिहान ५ :३० बजे पुलिसले झुन्डिएको अवस्थामा फेला पारे पछि अस्पताल लागेको थियो । मृतक खरेलको खल्तिमा भएको एलाइन कार्डको  आधारमा घरमा श्रीमतीलाई  पुलिसले खबर गरेको बताइएको छ ।

त्यस पछि श्रीमती र आफन्तहरु अस्पताल पुगेका थिए । मोबाइलको लाइन काटिएकोले आईतवार देखि श्रीमान र श्रीमतीसँग सम्पर्क बिहिन भएको बताइएको छ । पोस्ट मार्टमको रिपोर्टमा आत्महत्या नै गरेको पुलिसले पुस्टि गरेको छ । आत्महत्याको कारण के हो भन्ने थाहा नभए पनि ब्यबहारिक कारण हुन सक्ने उनलाई चिनेजानेहरु बताउँछन ।
नेपाल जापान डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग