Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सगरमाथाले थाल्यो गुल्मीमा पल्सर एन एस-२० को बिक्री

Published on 6:27:00 AM //

अनिल खत्री
गुल्मी, भदौ २०। पल्सर मोटरसाईकल नेपाली वजारमा आएको झण्डै एक दशकपछि बुधवार गुल्मीको सदरमुकाम तमघासमा रहेको सगरमाथा आटोमोवाईल्सले Next Generation Pulsar 200 NS मोटरसाईकल विक्रीका लागि प्रदर्शनमा राखी शुभारम्भ गरेको छ । अटोमोवाईल्सले बुधवार आफ्नै शो रुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाईकल प्रदर्शन गरेको हो । ग्राहक वर्गमा पृथक एवं अदभुत किसिमको वाईक चलाउने चाहानालाई पुर्ण गर्नका लागि यो मोटरसाईकल तमघासमा ल्याएको व्यवस्थापक नारायण जि.सी.ले वताउनुभयो ।
यो मोटरसाईकल अहिलेसम्मकै राम्रो पल्सर रहेको जि.सी.ले दावी गर्नुभयो । चार प्रकारका विभिन्न रङ्गहरुमा रहेको यो मोटरसाईकलको अहिलेदेखि सिमित अवधिका लागि २ लाख ६४ हजार ९ सय रुपैयाँ मुल्य रहेको अटोमोवाईल्सले जनाएको छ । पल्सरले नेपालमा मात्र नभई विश्वका २५ भन्दा वढी देशहरुमा स्पोर्टस सेगमेण्टको विक्रीमा नेतृत्व गरिरहेको छ । कार्यक्रममा जिल्लाका पत्रकार, स्थानीयवासी, युवा, विद्यार्थी, समाजसेवी लगायतको विशेष सहभागीता रहेको थियो । त्यस्तै पोखरामा पनि इच्छाशक्ति अटोमोवाईलस् नयाँ वजारवाट Pulsar 200 NS मोटरसाईकलको २०६५ सालकी पल्सर वर्ष खेलाडी सिपोरा गुरुङ्गले शुभारम्भ गर्नुभएको जानकारी प्राप्त भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग