Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारदिन देखि अबरुद्द बिद्युत आंशिक सञ्चालन

Published on 2:19:00 AM //


विष्णु पौडेल
गुल्मी, भदौ २० । ४ दिनदेखि अवरुद्ध दरमखोला लघुजलविद्युत परियोजना आजवाट आंशिक रुपमा सञ्चालनमा आएको छ । मोटरवाटोको लेदो माटोले नहर पुरेपछि परोपकार वहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित दरमखोला लघुजविद्युत परियोजना अवरुद्ध भएको थियो । गत भदौ १६ गते राति परेको वर्षाका विद्युत परियोजनाको नहरमाथिवाट खसेको लेदो माटोले नहर पुर्दा विद्युत उत्पादन कार्य वन्द भएको थियो ।
लगातारको मेहेनतपछि पुरिएको नहरको केही भाग हटाएपछि विद्युत उत्पादन कार्य आंशिक रुपमा सञ्चालनमा आएको पावरहाउसका प्राविधिक तेजवहादुर रानाले जानकारी दिनुभयो । विद्युत उत्पादन कार्य अवरुद्ध भएपछि मुसीकोट, पौँदीअमराई र वामीटक्सारका विभिन्न वडा तथा वाग्लुङ्गको रिघा गाविसका वासिन्दा अन्धाकारमा वस्न वाध्य भएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग