Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जोखिमपुर्ण फड्के तर्दै अर्खवाङ्ग र हवाङदीवासी

Published on 12:29:00 PM //

प्रेम सुनार
गुल्मी, भदौ २३ । जिल्लाका कतिपय स्थानमा १५–२० मिटरको दुरीमा झोलुङ्गे पुल बनेका छन् तर विकासका दृष्टीले सधै ओझेलमा परेको विकट गाविस अर्खवाङ र हवाङदीका जनता भने अझै उहि पुरानो जोखिमपुर्ण फड्के तर्न वाध्य छन् ।
चुनावताका यो वाटो रातमा समेत हिँडियो, फड्के तर्दा पुल
पारिदिने आश्वासन पनि सायद दिईयो तर....चुनाव
सागरले जिते, गोकर्णले हारे । अघिल्लो पटक त जितेकै
हुन, के हेरे होलान् कुन्नी ? सायद मनमनै यस्तो सोच्दै
फ्ड्के कसरी तर्ने ? जोखाना हेर्दैछन् एमाले नेता
हिरा एसी । तस्बिर: प्रेम सुनार
सदरमुकाम तमघासबाट उत्तर १३ कोष दुरीमा पर्ने अर्खवाङ–६, ७ र ह्वाङदी–१,२ र ३ का जनता यस्तो जोखिम मोल्न वाध्य भएका हुन् । ति गाउँहरुको विचमा पर्ने भ्यागुते खोलामा करिव २० मिटर लम्वाईको उक्त फड्के खोलदेखि झण्डै १३ मिटर उचाईमा छ । हिउँदमा सानो भए पनि वर्षायाममा मानिस डुवाउने भेल निस्ते खोलामा मिसिन्छ ।
दैनिक आवत जावतको व्यस्त बाटो हुँदाहुँदै पनि त्यसमा कसैको नजर पुग्न नसक्दा अरु भन्दा पनि ह्वाङदी उच्च माध्यामिक विद्यालयमा पढ्न जाने शिशु कक्षाका वाल–वालिकाहरुका लागि बढि जोखिम भएको छ । ह्वाङदी अर्खवाङ जलविद्युत उपभोक्ता समिति अध्यक्ष तथा पुर्व जि.वि. स. सदस्य रितबहादुर थापा भन्छन् “पारी ह्वाङ्दी ६ मा बिद्युतका दुईवटा पावर हाउस छन् वारीबाट मर्मतका लागि रातमा मिस्त्री पठाउनुपर्दा पर्दा खस्ने हुन की भन्ने डर छ । ”
अर्खवाङ–६ का मिस्त्री पुनराम अर्यालले भने “दिनमा विद्यार्थी आवत जावत गर्दा अभिभावकले डिउटी बस्नु पर्ने अवस्था छ , तै पनि हामी रातमा बढी होसियारी पुर्वक तरेर पावर हाउसमा पुग्दछौं ।” वडा नं.–५ का अर्का मिस्त्री अमृत राना भन्छन् “तल हे¥यो खोला निरह छ, तातेतातेको तालमा हिड्नु पर्छ ’ उनले व्याङ्ग गरे ‘ पुर्व मन्त्रीहरुलाई सुविधा दिनुपर्छ भन्नेहरुलाई एकचोटी यो फड्के तर्न लगायो भने पुल वन्थ्यो कि ? ” हामीसंगै पुगेका एमाले नेता हिरा एसी पनि घ्रर्सिदै तर्नु पर्‍यो । अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम कार्कीले भने –“यस्तो कहालि लाग्दो फड्के तरेर यहाँका वालवालिकाहरुले कसरी पढे होलान् ?”
हिरा एसीका नजरमा एउटा आश्चर्य बन्यो त्यो फड्के । तत्कालिन मन्त्री गोकर्ण विष्टका स्वकीय सचिव समेत बनेका एसीले भने “यदि उतिवेला थाहा पाएको भए जसरी पनि यहाँ एउटा पुल पारिन्थ्यो । ” उनले थपे–“यति व्यस्त बाटोमा फड्के, यो जमनामा एउटा आश्चार्य नै हो ”।
जनयुद्धकालमा माओवादीको गढ त्यस स्थानमा उनिहरुको वासस्थान थियो । आफुहरुले देखेको, कष्टसंग त्यो फड्के तरेको विर्सनु भयो ? भन्ने प्रश्नमा एकिकृत नेकपा माओवादी जिल्ला ईन्चार्ज सुदर्शन वलालले भने–“विर्सने कुरै छैन । हामीले त्योताका स्थानिय काठ, वस्तुबाट एउटा पुल बनाएका हौं’ उनले थपे–‘त्यो कुनचाँही पुल हो कुन्नी ? यदि त्यस्तो जोखिम छ भने हाम्रो पार्टिको तर्फबाट भरपुर सहयोग हुनेछ । ” त्यस ईलाकाको ईन्चार्ज समेत रहेका एमाले नेता एसीले पनि अन्य कुरा छाडेर पनि त्यस स्थानमा पुल माग गर्न आफ्नो पार्टीले पहल गर्ने बताए ।
पुल निस्कीने बाटो समेत जोखिमपुर्ण छ । माथीबाट तप्तप झर्ने पानीले बाटो चिप्लो छ । ओढार जस्तो साँघुरोबाटो हिड्दा टाउको निहुराउनु पर्ने र वालवालिकाहरु वसेर हातले टेकेर हिड्दै आउँदा झन् कहालि लाग्दो फड्के तर्छन् । क्षेत्र नं.३ मा एमालेका गोकर्ण विष्ट सांसद वने, माओवादीका सागर सभाषद वने, कांग्रेसले पनि एक पटक जितेकै ठाउँ हो । तर जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ अर्खवाङ र ह्वाङदीवासीका लागि । पत्रकार नै बोलाएर देखाएपछि अव त ध्यान दिन्छन् कि भन्ने आशामा उनिहरुले संचार माध्याम गुहारेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग