Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस दुर्घटनामा मर्नेको सनाखत, अर्खलेमा पनि जीप पल्टियो ४ घाईते

Published on 1:36:00 PM //

पि.एम.मगर
गुल्मी, २४ भदौ । गुल्मीको हर्दिनेटा गाविसमा आईतवार विहान डाँक वस दुर्घटना भएको छ । दुर्घटनामा परि १३ जनाको मृत्यु भईसकेको छ भने २७ जना घाईते भएका छन् । विहान सदरमुकाम तमघासवाट
काठमाण्डौँका लागि छुटेको लु १ ख ५५८३ नं. को डाँक वस हर्दिनेटा गाविसको लुम्छा नजिकै सेलगैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा अर्खले ६ का टेमलालाल पाण्डे, विरवास ८ का टेकबहादुर सोमरे, दरवारदेविस्थान ३ की
हरिकला अर्याल, तम्घास १ का बिस्नुप्रसाद पन्थी, पिपलघाराकी लक्ष्मी खनाल, जैसिथोककी लक्ष्मी
खड्का, तम्घास ३ की छमकला कुवँर र निरज कुवँर, मरेङ्ग ५ अर्घाखाचीका गणबहादुर क्षत्री, वाङ्गला
अर्घाखाचीकी चन्दा भुुसाल, भगवती अर्घाखाँचीका लालकुमार श्रेष्ठको अहिले सनाखत भैसकेको छ। दुविचौरका श्री थापाको उपचारका क्रममा पाल्पाको मिसन अस्पतालमा ज्यान गएको हो ।
ज्यान जाने अरुको सनाखत हुन सकेको छैन । घाईतेहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।
दुर्घटनाको फोटो र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

आजविहान पौने ७ वजेतिर अर्को गाडीलाई उछिन्ने क्रममा वस पल्टिएको प्रत्यक्षदर्शीले बताएका
छन । वस सडकवाट करिव ३ सय मिटर तल वनको खोँचमा खसेको छ । वसले सदरमुकामवाट छुट्ने क्रममा
काउण्टरवाट २४ जनाको चलानी वुझेको पश्चिम नेपाल वस व्यवसायी समिति तमघासले जानकारी दिएको
छ । घटनामा स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, प्रहरी चौकी श्रृंगाले उद्धार गरेको थियो । गाडी चालक दिनेश घिमिरे र गाडी मालिक भने सामान्य घाईते
भएको प्रहरीले जनाएको छ ।
यस्तै आईतवार विहान नै अर्खले गाविसमा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
गुल्मीको सिमलटारीवाट सदरमुकाम तमघासतर्फ आउँदै गरेको लु १ ज १९५६ नम्वरको जीप अर्खले
गाविस ७ पानी टङ्की नजिकै दुर्घटना भएको थियो । घाईतेहरु अर्खले ५ का रुपमाङ्गत खनाल, इस्मा
२ की पार्वती खत्री, सोही गाविसका हेमवहादुर विष्ट र सुरज विष्ट रहेका छन् । अहिले घाईतेहरुको तमघास
जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग