Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेको कार्यकर्ता प्रशिक्षण सम्पन्न

Published on 3:29:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ १७ । नेकपा एमाले गुल्मी ईलाका नं १० एरियाको अगुवा कार्यकर्ता प्रशिक्षण भेला ह्वाङ्दीमा सम्पन्न भएको छ । सो पार्टीका जिल्ला जिल्ला सचिवालय सदस्य तथा सो एरिया इन्चार्ज हिरा एसीको अध्यक्षता तथा क्षेत्रिय सचिवालय सदस्य ढालबहादुर के.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रमले महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
प्रशिक्षण एंव बैठकले ईलाका नं १० अन्तर्गतका गाउँ कमिटिहरुको बैठक भाद्र २२ गतेभित्र सम्पन्न गरी प्रत्येक गाउँ कमिटिले भाद्र २३ गते भित्र संगठित सदस्यता नविकरण गर्ने , नेटा गाविसमा ईलाका नं १० को ईलाका इस्तरीय तिज गीत प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको छ । साथै अवधी पुगेका गाउँ कमिटिको गाउँ अबिधेशन असोज १५ भित्र सम्पन गरिसक्नुपर्ने निर्णय समेत गरेकोछ । उक्त बैठकमा ईलाका नं १० भित्रका जिल्ला कमिटि सदस्य, क्षेत्रिय कमिटि सदस्य ,गाउँ कमिटि अध्यक्ष ,सचिव लगाएत अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यसैबीच सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले मियाले मा.वि. ह्वाङ्दीमा संगठन गठन तथा पुनर्गठन सम्पन्न गरेको छ । अनेरास्ववियु जिल्ला कमिटि गुल्मीका अध्यक्ष ओम कार्कीको विशेष उपस्थितीमा प्रारम्भिक .कमिटीको. भेला सम्पन्न भएको छ ।
उक्त भेलाले हिमाल घर्तिको अध्यक्षतामा २१ सदस्यीय प्रा.क. गठन गरेको छ । जसको उपाध्यक्षमा सावित्रा बुढामगर , सचिव सुवास अर्याल,सह सचिव उर्मिला बुढा, रहनुभएको छ । यसैबीच सो संगठनले नेटा दर्लिङ उच्च मावि मा पनि रमेस रोकाको अध्यक्षतामा १९ सदस्यीय प्रा.क. कमिटि गठन गरेको छ । त्यस्तै सरस्वती मा.वि नेटामा विकास पुनको अध्यक्षतामा २३ सदस्यीय प्रा.क. कमिटि गठन गरेको छ । उक्त कार्यक्रममा विद्यार्थी ईञ्चार्ज हिरा एसी प्रमुख आथित्यता अनेरास्ववियु जिल्ला अध्यक्ष ओम कार्कीको विशेष आथित्यता तथा गुल्मी रुपन्देही सम्पर्क समितिका सदस्य महेश पुनको सञ्चालनमा प्रशिक्षण मूलक कार्यक्रम सम्पन्न भएको अनेरास्ववियु जिल्ला कमिटि सह सचिव शोभाखर गिरीले जनाउनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग