Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बम निष्कृय पारीयो, त्रास भने अझै कायमै

Published on 10:33:00 AM //


अनिल खत्री
गुल्मी, भदौ १८ । नेपाल टेलिकम गुल्मीको निर्माणधिन नयाँ भवन खन्ने क्रममा हिजो फेला परेका ८ वटा सकेट बम भैरहवाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलिले तम्घास नजिकै ह्वाक्नी छहरा भन्ने स्थानमा लगेर निष्कृय गरेको छ । उक्त  बम नयाँ भवन निर्माणको लागी जग्गा सम्याउने क्रममा  फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खिया लागेको अवस्थामा ८ ओटा सकेट वम फेला परेका थिए । त्यो  स्थानमा अन्य पनि हुन सक्ने भन्दै कामदारहरुमा त्रास फैलिएर यतिबेला काम समेत अबरुद्ध बनेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग