Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘आफैले भ्रष्टाचार नगरे भ्रष्टाचार रोकिन्छ’

Published on 8:12:00 PM //


अपडेट गुल्मी
भ्रष्टाचार नियन्त्रण आफैवाट शुरु गर्नुपर्नेमा एक कार्यक्रमका उपस्थित सरोकारवालाले जोड दिएका छन् । समाजका हरेक पक्षमा कुनै न कुनै नागरिकको उपस्थिती रहने हुँदा व्यक्तिगत आचरणलाई सुधार गरेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनीहरुको विश्वास रहेको छ । सुशासन अभियान गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको "भ्रष्टाचार विरुद्धको सहकार्य, भ्रष्टाचार विरुद्धको अभियानका चुनौती र सरोकारवालाहरुको भुमिका" विषयक अन्तर क्रिर्या कार्यक्रमका सहभागिहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले भ्रष्टाचार विरुद्धको अभियानका चुनौती र सरोकारवालाहरुको भुमिका विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहायक प्रमुख जिला अधिकारी अर्यालले प्रस्तुत गर्नुभएको कार्यपत्रमा राजनितिक दलहरु मुख्य गरी भष्ट्राचारी हुने गरेको भएपनि सरकारी कर्मचारी, सांसद, निजी संघसस्थाहरु, न्यापालिका र सञ्चारकर्मीहरु पनि भष्टाचारवाट टाढा नरहने तथ्याङ्कमा उल्लेख छ । कार्यपत्रमा भ्रष्टाचार निवारणका लागी राजनैतिक अस्थिरता मुख्य चुनौती भएको उल्लेख छ । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेय र उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले सैद्धान्तिक भन्दा पनि व्यवहारिक पक्षमा जोड दिँदै स्थानीय तहमा भ्रष्टाचार निवारणका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला न्यायधिश कृष्णराम कोईरालाले एकाधिकार, स्वच्छाचारी भावना र कानुन कार्यन्वयनमा गल्ती गर्दा वढि भष्टाचार हुने गरेको वताउनुभयो । उहाँले भ्रष्ट्राचार नियन्त्रण गर्ने कुरा भाषणमा मात्र नभई व्यवहारमा हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले विकास निर्माणको कार्यमा हुने व्यथिति र गरिवी विवारण हुन नसक्दा वढि भष्टाचार हुने वताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी हरि ज्ञवाली, एकीकृत नेकपा माओवादीका बुद्दी जिसी, नेपाली कांग्रेसका दामोदर भुसाल, नेकपा एमलेका कृष्ण विक, नेकपा माओवादीका विर वहादुर कार्की, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, राप्रपाका हिम वहादुर वोहोरा, उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल वार एशोसियशनका भिम न्यौपाने लगायतले भ्रष्टाचार चार विरुद्धको अभियानमा प्रतिवद्धता जनाउँदै मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम पाण्डेको अध्यक्षता, सदस्य पीएम मगरको स्वागत तथा सचिव गगनशीला खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग