Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

त्यो भोली कहिल्यै आएन

Published on 11:16:00 PM //


–बिशाल भट्टराई
‘फ्रेन्च कट’ दाह्रि, हल्का कालो कद, मिलेको जिउडाल, रेडियो स्काईमा गुल्मीको सिमलटारीबाट रिर्पोटिङ गर्ने तिब्र ईच्छा प्रकट गर्दै केहि महिना अगाडि एउटा पात्रको आगमन भयो । म डेक्समा बसेर समाचार हेरीरहेको थिएँ । ‘सर नमस्कार’ उनले भने मैले नमस्कार फर्काएँ । आवश्यक प्रक्रिया पछाडि सिमलाटारीबाट बिज्ञापन तथा समाचार संकलनको रुपमा हामिले रेडियो स्काईको प्रतिनिधि बनायौँ उनलाई ।
गाउँ स्तरमा रहेका औपचारीक तथा अनौपचारीक खवरहरु उनले संकलन गरेर रेडियोमा उपलब्ध गराउँथे । निरन्तर रुपमै हामिले सोँचे अनुसार उनले रिर्पोटिङ गरिरहेका थिए । गत भदौ २३ गते उनले एउटा समाचार टिपाए ‘ समयमै रसायनिक मल हाल्न नपाएपछि उब्जनि कमि भएको सम्बन्धी’ । मोफसलका रेडियोहरुको गाउँबाट समाचार संकलन गर्ने एउटा मात्रै तरिका फोन हो । मैले समाचार टिप्दै जाँदा कता कता स्रोत नपुगेको ठाँने, अनि भने ‘ भोली अलि बिस्तृत जानकारी संकलन गरेर समाचार बनाउँला हुँदैन ?’ उनले सहर्ष स्विकार गरे ‘हुन्छ सर’ । साँझको समय थियो नेपाल पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेय हाम्रै कार्यालयमा हुनुहुन्थ्यो । भरतजीले भन्नुभयो ‘रिर्पोटर त नयाँ नै हो तर स्काईका नयाँ संबाददाता यति सम्म सकंलन गर्न सक्ने भएछन ।’
उनको भोली फोन गर्ने बाचा थियो । उनले सम्पर्क गरेको अर्को दिन देखि उनि बेपत्ता भएछन हामिलाई थाहा भएन । भदौ २७ गतेको बिहान ११/१२ बजेको समयमा एउटा जानकारी आयो चन्दन नेपाली मृत अवस्थामा फेला परे भनेर । चन्दन नेपाली हाम्रा सिमलटारी स्थित स्थानिय संबाददाता थिए । हामिलाई सिमलटारीबाट पिताम्वर पौडेलले फोन गर्नुभएको थियो । मैले यताउता फोन गरेँ जिल्ला प्रहरी कार्यालय गुल्मीमा पनि सम्पर्क गरेँ घटना यथार्थ रहेछ । नराम्रो लाग्यो उनको अनुहार झलझली आँखा वरिपरि घुम्यो आफैलाई बिश्वास गर्न सकिन । दिउँसोको २ बज्यो त्यो समय स्काई डायरीको थियो, हालको स्काई खवर । स्काई डायरीमा सहकर्मि मृत अवस्थाम फेला परेको समाचार पढियो साथी बिष्णुले र मैले, आँखामा आँशु टलपलटलपल गरी मन भक्कानिएर आयो तर आफ्नो जिम्बेवारी पनि निर्वाह गर्नु पर्ने बाध्यता ।
दिनहरु बित्दै गए उनको परिवार अझै पनि कुनामा बसिरहेको छ । चन्दनका दुई छोरी र एक छोरीको साथमा श्रीमती हुनुहुन्छ । दलित परिवार घरको अवस्था पनि अत्यन्तै कमोजर छ, स्थिती हेर्नु, देख्नु र सोँचि सक्नु सम्म पनि छैन । चन्दनको शव नजिकैको भ्यागुते खोलाको किनारमा फेला परेको थियो । टाउकोमा गम्भिर चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । त्यस रात उनि र उनको साथीहरु संगै थिए भन्ने जानकारीमा आएको छ । गुल्मीकै एक जना पत्रकार साथीको अनुसार उनको श्रीमतीले साथीहरुले तलमाथी गरेको हो कि भन्ने आशंका छ । नजिकैको साथीले भाउजु चिन्ता नगर्नुस हामि संगै छौँ भनेर राती फोन आएको थियो अरे । तर ३/४ दिन सम्म नफर्के पछि खोज तलास गर्दा उनको शव फेला परेको हो । घटना संकापद भएकै कारण नेपाल पत्रकार महासंघ गुल्मी शाखा, केन्द्रिय समिती, गुल्मी स्थिती बिभिन्न पत्रकार संग सम्बन्धित संस्था साथै रेडियो स्काईले घटनाको यथार्थ छानबिन गरि कारण सार्वजनिक गर्न माग गरेको छ । तर प्रहरीले अझै सम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । लाग्छ प्रहरीले काल गतिले मृत्यु भएको ठहर गरेको छ तर घटना शंकास्पद छ ।
साना देखि ठुला ठुला मिडिया हाउसमा कार्यरत सम्पुर्ण पत्रकार साथीहरुको हालत यस्तै छ । थुप्रै साथीहरु समाचार लखेकै कारण मरिरहेका छन । लाग्छ पत्रकारीता जानि जानि फलामको चिउरा चपाउनु हो । देशमा ब्याप्त सामाजिक परिस्थिती अत्यन्तै प्रतिशोधात्मक छ । सरकारले प्रेस स्वतन्त्रता र सुचनाको हकको कुरा गरिरहन्छ तर यस्ता घटना पनि घटिरहन्छन । दिनभरि पत्रकारीता गरिरहने पत्रकारहरुले साँझ के खाने भन्ने अवस्था अझै पनि छ । एउटा सभ्य समाज निर्माणको लागी थुप्रै पत्रकार साथीहरु पत्रकारीता छन तर प्रतिक्रिया नकरात्मक छ । पेशागत सुरक्षा र मर्यादाका कुराहरु खुव चर्चामा आउँछन । तर पत्रकारीता किन कहाली लाग्दो बनिरहेको छ यो खोज्नु जरुरि छ । संबन्धित निकायहरुले आफ्नो जिम्बेवारी पनि अत्यनतै आत्मियताको साथ बहन गर्नुपर्छ । यद्यपि पत्रकार साथीहरुका पनि कहिँ कतै गल्तिहरु छन म स्विकार्छु तर पेशाकै कारणले ज्यान जानु भएको सानो बिषय हैन ।
सहर्मि चन्दन नेपालीको लडेरै मृत्यु भएको हो वा मारिएको हो मैले यसै भन्न सक्दिन तर यथार्थ चाहिँ सार्वजनिक गरिनु पर्छ, म लगायत सम्पुर्ण गुल्मीमा कार्यरत पत्रकारहरुको एउटै माग हो यो । हामि पनि पत्रकारीतामै छौँ, कुनै दिन पेशाकै कारणले ज्यान नजाला भन्न सकिन्न । चन्दनको मृत्युले ति ना बालिक बच्चाहरुको खुसी लुटिएको छ । एउटी अर्धबैँशे नारीको सिन्दुर पुछिएको छ । थुप्रै चाहना र ईच्छाहरु चन्दन संगै हराएका छन त्यो परिवारका । मर्न त हामि सवै मर्ने नै हो तर मृत्युका पनि प्रकार हुन्छन त्यसैले यस घटनाको यथार्थ छानबिन सार्वजनिक हुनेछ मैले आशा लिएको छु । साथमा अनुरोध पनि गर्न चाहान्छु तपाई हामि सवैको सक्रियतामा उनको मृत्युको रहस्य यत्तिकै हराएर जानु हुँदैन ।
(लेखक रेडियो स्काईमा कार्यरत पत्रकार हुनुहुन्छ ।)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग