Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा ५ दिने पत्रकारीता तालिम सुरु

Published on 2:15:00 PM //


संगिता कुवँर
गुल्मी, असोज ७ । पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी गुल्मीको सदरमुकाम तम्घासमा ५ दिने पत्रकारीता तालिम सुरु भएको छ । राष्ट्रिय संचार विकास केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासंघ गुल्मी र अमेरिकी दुतावासको संयोजनमा तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै प्रमुख अतिथी नेपालले तालिममा पत्रकारहरुले सत्यतथ्य र प्रमाणित कुराहरुलाई मात्र जनताका सामु छर्लङ्ग वनाउन आग्रह गर्नुभयो । राज्यको चौथो अङ्ग पत्रकार भएको भन्दै उहाँले समाज परिवर्तनका लागी पत्रकारको भुमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वोल्दै स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले सञ्चारक्षेत्र समाजको ऐना भएकोले विकास पत्रकारितालाई जोड दिनुपर्ने वताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेय, पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, सल्लाहकार गणेश श्रीपाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
इन्टरमीडियट तहको तालिममा राष्ट्रिय सञ्चार विकास केन्द्रका कार्यकारी निर्देशक विष्णु शर्मा पराजुली, प्रमोद प्रधानले प्रशिक्षण दिनुभएको छ । तालिममा गुल्मी सहित पाल्पा र कपिलवस्तुका गरी दुई दर्जन वढि पत्रकारहरुको सहभागिता रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग