Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारीको ३ नं क्षेत्रको भेला सम्पन्न, दुबिचौरमा ९ जना माओवादी प्रवेश

Published on 10:08:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २६ । जिल्ला सम्मेलनको तैयारीमा जुटेको एमाओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले क्षेत्र नं ३ का पुरै विद्यालयहरुमा भेला सम्पन्न गरी सम्मेलन आयोजक समिति गठन गरेको छ । केही मा.वि. बाहेक सबै विद्यालयहरुमा मुल समिति र इकाई समिति समेत गठन गरीसकीएको सो संगठनका केन्द्रिय सम्मेलन समिति सदस्य यदु ज्ञवालीले जानकारी दिए ।
आजै सो संगठनले २ नं क्षेत्रको पृथ्वी माध्यमिक विद्यालय बडागाउँ छ मैदानमा पनि कमिटि गठन गरेको छ । जिल्ला बाट गएको टोलीले सो विद्यालयको कक्षा ९ मा किरण थापाको अध्यक्षतामा ३९ सदस्यीय इकाई कमिटि , कक्षा १० मा सुजन थापाको अध्यक्षतामा २७ सदस्यीय इकाई कमिटि गठन गरेको छ । त्यस्तै सुजन थापाको अध्यक्षतामा १७ सदस्यीय पृथ्वी मा.वि. बडगाउँ मुल कमिटि समेत गठन गरिएको केन्द्रिय सदस्य ज्ञवालीले बताए ।
मुल समितिको उपाध्यक्षमा रुपा पोखरेल , सचिव पुष्पा रायमाझि, सह– सचिव समीर वि.क. र कोषध्यक्ष किरण थपा रहेको छन् । विद्यार्थीहरुलाई केन्द्रिय सदस्य यदु ज्ञवाली र जिल्ला सम्मेलन समिति सदस्य राजन घिमिरे र सो पार्टीका मुसीकोट गाउँ कमिटि इचार्ज केशव रायमाझिले प्रशिक्षण समेत दिएका थिए । एसै विच एकिकृत नेकपा माओवादी क्षेत्र नं. २ अन्तर्गत गौंडाकोट गाउँ कमिटी सम्मेलन तयारी समितिको बैठक पनि आज सम्पन्न भएको छ । सो क्षेत्रका सम्मेलन समिति संयोजक अशोक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले एकिकृत नेकपा माओवादी २ नं. क्षेत्र अन्तर्गत अर्खले गौंडाकोट र दुविचौर गाउँ भेला एवं प्रशिषण सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला सम्मेलन समिति संयोजक सुदर्शन वलालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अखैलेमा तेजप्रसाद खनालको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । त्यस्तै गौडाकोटमा गोकर्ण कार्कीको संयोजकत्वमा र दुविचौरमा गिरीसिंह महाकिमको संयोजकत्वमा सम्मेलन समिति गठन गरी सो गाविसमा असोज २७ गते सम्मेलन गर्ने निर्णय गरिएको क्षेत्रिय संयोजक असोज थापाले बताए ।

यसैगरी दुविचौर २ का पुर्व वडा अध्यक्ष खड्ग बहादुर घार्ति सहित ९ जना अगुवा समाजसेवीहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई सो पार्टीका क्षेत्रिय सदस्य अशोक थापाले फुल अविरले स्वागत गर्दै प्रवेश गराएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग