सिलौटाले हानेर श्रीमतीको हत्या
Published on
10:15:00 PM //
जनार्दन घिमिरे
गुल्मी, २६ भदौ । गुल्मीको दर्लामचौर गाविसमा एक व्यक्तिले आज विहान आफ्नै श्रीमतीको हत्या गरेका छन् । गुल्मी दर्लामचौर ९ निवासी ३५ वर्षीय चन्द्र कुमालले आज विहान घरमा आफ्नै ३० वर्षीय श्रीमती हरिकली कुमाललाई टाउकोमा मसला पिस्ने सिलौटोले हानेर हत्या गरको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमवार दिउसो तम्घासवाट घरमा हिडेका दुई दम्पति गएराती ईस्मा स्थित ससुराली घरमा वसेर सँगै आज विहान ९ वजेतिर आफ्नो घरमा पुगेका थिए । ठूलावावाको घरमा वसेका उनका छोराछोरीहरुले घरमा आमावावु आएको थाहापाएपछि आमालाई वोलाउन घरमा पुगेको र वोलाउँदा नवोलेपछि घरको आँटीमा गएर हेर्दा उनीहरुले आमालाई मृत अवस्थामा भेटेपछि स्थानीयवासीलाई खवर गरेको स्थानीय तोयनाथ सापकोटाले जानकारी दिनु भएको छ । श्रीमतीको हत्यागरि फरार वनेका चन्द्र कुमाललाई स्थानीयवासीले दिएको जानकारीको आधारमा आज दिउसो धनार्जी प्रहरी चौकिले हस्तिचौर गाविस अन्र्तगत छल्दीको सिर्पु स्थित एक होटलवाट पक्राउ गरेको थियो ।घटनाको जानकारी पाएपछि थप अनुसन्धानकालागि अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरि निरिक्षक श्रीप्रकास यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । कुमाल दम्पति विगत ३ वर्षदेखि सदरमुकाम तम्घास स्थित मिलनचोकमा मजदुरि गर्दै आईरहेका थिए । उनीहरुका २ छोरा र एक छोरी रहेका छन् ।









