Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार नेपालीको रहस्यपूर्ण मृत्‍युप्रती पत्रकार महासंघ गुल्मीको ध्यानआर्कषण

Published on 12:52:00 AM //


अनुसन्धान र छानबिनको माग
अनिल खत्री
गुल्मी, भाद्र २७ । गुल्मी जिल्लाको पश्चिमी ग्रामीण भेग मर्भुङ्गमा बसेर रेडियो स्काईका स्थानिय प्रतिनिधीको रुपमा काम गदै आउनु भएका पत्रकार तथा दलित नेता चन्दन नेपाली मृत अबस्थामा फेला परेको घटनाले नेपाल पत्रकार महासंघ गुल्मी शाखा र दलित पत्रकार संघ गुल्मी स्तब्ध हुनुका साथै आफनो ध्यान आर्कषण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेय, त्यसैगरी दलित पत्रकार संघका अध्यक्ष प्रेम सुनार र सचिव कृष्ण विश्वकर्माद्धारा हस्ताक्षेरित छुट्टाछुट्टै प्रेस बिज्ञप्तीहरु मार्फत गत भदौ २४ गतेदेखि हराईरहेका नेपालीको शब तीनदिन पछि भ्यागुतेखोलामा फेला पर्नु र टाउको क्षत बिक्षत हुनुले मृत्युको कारण रहस्यपूर्ण रहेको जनाएको छ । बिगतमा पनि यस्ता कतिपय घटना लडेर मृत्यु भएको भनियता पनि पछि गएर हत्या गरिएको प्रमाणीत भएको हुँदा यस घटनालाई सामान्य रुपमा नलिइ गहिरो अनुसन्धान गरेर सत्यतथ्य पत्तालगाउन सम्बन्धित निकायसंग महासंघले जोडदार माग गरेको छ । बिज्ञप्तीमा शोकको यस घडिमा शहकर्मी नेपाली प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गदै शोक सन्तप्त परीवारजन प्रति गहिरो समबेदना प्रकट समेत गरेको छ ।
सामुदायिक रेडियो स्काईका गुल्मीको पश्चिमी क्षेत्र सिमलटारी प्रतिनीधी चन्दन नेपाली २४ गते हराएपछि मर्भुङ गाविस वडा नं. १ निवासी नेपालीलाई स्थानीय वासिन्दा र प्रहरीले खोज्दै जाँदा मंगलवार विहान ९ वजेतिर मरभुङ्ग गाविसको वडा नं. २ मा पर्ने गैरेभिरको तल भ्यागुते खोलाको किनारामा मृत अवस्थामा फेला पारेका हुन् । २४ गते साँझ घरवाट निस्केका ३० वर्षिय नेपाली २ दिन सम्म पनि घर नफर्केपछी खोजी कार्य शुरु गरिएको थियो ।
यता निमित्त जिल्ला प्रहरी प्रमुख जितेन्द्रकुमार वस्नेतले घटनाको थप अनुसन्धानको लागी प्रहरी कार्यालयवाट टोली खटिएको र अनुसन्धान जारी रहेको वताउन ुभएको छ । सहकर्मी नेपालीको मृत्युको सत्यतथ्य कारण पत्ता लगाई सार्वजानिक गर्न सामुदायिक रेडियो स्काईले सम्वन्धित निकायसँग जोडदार माग समेत गरेको छ । स्वर्गीय चन्दनका श्रीमति, २ छोरी १ छोरा रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग