Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"इन्सेकको अनुगमनले सेवा प्रदायकलाई संवेदनशिल बनायो"

Published on 1:43:00 AM //


अनिल खत्री
गुल्मी, भाद्र २७ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीको आयोजनामा ०६९ भदौ २७ गते नेपाल मानवअधिकार वर्ष पुस्तक २०१३ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम तम्घासमा सम्पन्न भएको छ । मानवअधिकार वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरुका सम्वन्धमा सरोकारवालाहरुको राय लिन र अभिलेखलाई थप परिष्कृत बनाउने उद्देश्यले सन् २०१२ को जनवरी देखि जुन सम्म गुल्मी जिल्लामा संकलित मानवअधिकार उल्लंघनका घटनाहरुको समिक्षा गरिएको थियो ।
इन्सेक गुल्मीले तम्घासमा सम्पन्न गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक
२०१३ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा घटना अध्ययन
गर्दै सरोकारवाला । फोटो: अनिल खत्री
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिश कृष्णराम कोईरालाले इन्सेकले राज्यका निकायहरुलाई खवरदारी गर्दै सत्य तथ्य मा आधारित भएर मानवअधिकार अनुगमन गर्नाले सेवा प्रदायकलाई सेवा ग्राहि प्रति संवेदनशिल बनाएको धारण राख्नु भएको थियो । उहाले प्रतिनिधिमुलक घटना संकलनका अतिरिक्त जिल्लाका घटनाहरुको विशलेषण समेत प्रस्तुत गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वर्ष पुस्तक विगतका वर्षहरुमा भन्दा परिस्कृत भएको भन्दै पुस्तकलाई विवाद रहित बनाउन आग्रह गर्नु भएको थियो ।
इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिध नरेश भण्डारीद्धारा प्रस्तुत कुटपिटको घटना एक वटा, बालअधिार सम्वन्धी घटना पाँच वटा, महिला अधिकार सम्वन्धी घरेलु हिंसाका दुई, बहुविवाहका पाँच घटना र आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्वन्धी एक वटा घटना उपर एकिकृत नेकपा माओवादीका बुद्धी जिसी, नेपाली कांग्रेशका निमिक्त प्रहरी निरीक्षक टिप्पणी गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग