Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाजमा उदहारण बने के.सी. अपाङ्ग भएर पनि एक्लै बाटो मर्मत गरे उनले

Published on 8:20:00 AM //


पि.एम.मगर
गुल्मी, २३ भदौ । गाउँको विकास गर्नलाई वजेट नै ताक्नुपर्छ भन्ने छैन। विकासका कामहरु गर्न आफैवाट सुरुवात गर्न पनि सकिन्छ। यस्तै उदहारण दिनुभएको छ घमिर ४ निवासी तारावहादुर के.सी.ले। आफु अपाङ्ग व्याक्ति भएर पनि सार्वजनिक मोटरवाटो आफु एक्लैले मर्मत गरी उदहरणीय वन्नुभएको हो ।
सधै सरकारको मुख ताक्ने, वजेट आउला र शिर्षक मिलाएर खाउँला भन्ने भ्रष्ट्राचारीका लागि उहाँको यो कार्य गतिलो झापड वनेको छ। आफ्नो घर तथा टोल वरिपरी सफा गर्न तथा सक्दो काम गर्न कसैको आस गर्नु पर्दैन। अपाङ्ग व्याक्तिले पनि अवसर पाए सपाङ्ग व्याक्तिले जस्तै काम गर्न सक्छन। के.सी. अतिरिक्त हुलाक कार्यालय घमिरका कार्यालय प्रमुख समेत हुनुहुन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग