Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झण्डै २ लाख अवैध यूरोसहित विमानस्थलबाट एक नेपाली पक्राउ

Published on 9:34:00 PM //


१० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भारत लैजाँदै गरेको झण्डै २ लाख यूरो सहित एक जना नेपाली नागरिक पक्राउ परेका छन् । स्पाईस जेट एयरलाइन्स मार्फत भारत जाँदै गरेका हुम्लाको लिमिका ४० बर्षिय दावा टासी लामालाई १ लाख ९५ हजार यूरो सहित प्रहरीले पक्राउ गरेको हो । उनी दिउँसो एघार चालिसमा स्पाइस जेट एयरमार्फत भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन ।
उनी नेपाल र चीन विच जडिवुटी ब्यापारमा सग्लन रहेको प्रहरीले जानकारी दिएको छ । हुम्ला स्थायी घर भएपनि लामो समयदेखि उनी काठमाडौं बौद्धमा बस्दै आएका थिए । बरामद भएको रकम दुई करोड चौध लाख पचास हजार भन्दा बढि नेपाली रुपैया बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।
विमानस्थलमा आज पत्रकार सम्मेलन गरी प्रहरीले डलर बरामद गरेको जानकारी दिएको हो । गत असोज १९ गतेपनि प्रहरीले फ्लाइ दुवई एयरवाट गैरकानूनी रुपले विदेश लैजान लागेको अवस्थामा भारतीय नागरिक विनोदकुमार सोनी समेत पक्राउ परेका थिए । उनको साथबाट ५३ हजार युरो, चार लाख साउदी रियाल, चार हजार नौ सय पाउन्ड स्टलिङ पाउण्ड, आठ हजार पाँच सय ४० स्विस प|mयांक, चार सय ४० बहराइनको पैसा र १७ सय ८७ कुवेती रियाल बरामद भएको छ ।
विमानस्थल प्रहरीको सग्लनतामा सो रकम विमानसम्म पुगेको भन्दै विमानस्थलका एसएसपी रविराज श्रेष्ठलाई प्रहरीले छानविनको दायरामा ल्याएको छ । उनी अहिले प्रहरी केन्द्रीय कार्यालयमा झिकाइएका छन् । विमानस्थलको लडर तस्करीमा लामो समयदेखि नेपाल प्रहरीको सग्लनता हुने गरेको आरोप लाग्ने गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग