Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘तरुणलाई विपीको बाटोमा हिडाएन कांग्रेसले’

Published on 9:28:00 PM //


प्रेम सुनार
गुल्मी, कार्तिक १० । नेपाली कांग्रेस नेता स्व. विपी कोईरालाले समाजवादको ब्याबहारिक कार्यन्वनका लागि दरुण दस्ता गठन गरे पनि कांग्रसले त्यो बाटो छाडेको गुल्मीका तरुणहरुले गुनासो गरेका छन् ।
२०१० साल कार्तिक १० गते आजकै दिन समाजबादको ब्याबहारिक कार्यन्वनका लागि विपीले तरुण दल गठन गर्नु भएको थियो’ तरुण दल गुल्मीका अध्यक्ष खिलद्धवज पन्थीले भने–"तर माउ पार्टी कांग्रेसले विपीको बाटो छाडेको छ ।" तरुण दलको आज ५९ औ स्थापना दिवसको अवसरमा सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा पन्थीले यस्तो बताएका हुन ।
तरुण दलले आज आफ्नो स्थापना दिवसको अवसरमा तम्घास सहिदचोकमा अवस्थित शहिद शम्शेरबहादुर खत्रीको प्रतिमामा माल्याणपन गर्नुका साथै तम्घास अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो । नेपाली कांग्रेस गुल्मीका सभापति चन्दबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्मपन्न्न कार्यक्रमका अन्य बक्ताहरुले पनि काग्रेसले विपीको सिद्धान्तलाई छाड्न नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा सो पार्टीका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेवि संघका जिल्ला अध्यक्ष कृष्ण अर्याल, उपाध्यक्ष निरज मरासिनी, प्रेश युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन समिति सदस्य प्रेम सुनार नेपाल महिला संघकी जिल्ला सदस्य लक्ष्मी पाण्डे ,तम्घास गाउँ कार्य समितिका सभापति अखिलेस्वर प्रसाद पाण्डे, सिमिचौरका सभापति टोपलाल ज्ञवाली लगाएतको आतिथ्यता थियो । तरुणदल अध्यक्ष खिलद्धवज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव छवि पाण्डेले गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग