नेपाली निर्माण व्यवसायिले कोरियाली व्यवसायीसँग सहकार्य गर्ने
Published on
4:15:00 AM //
प्रेम सुनार

कार्यक्रममा प्रथम उपाध्यक्ष रवि सिंहले नेपालको राजनैतिक अस्थिरताका कारण देशका १७ हजार निर्माण व्यवसायिहरु काम विहिन अवस्थामा पुगेको बताए । उनले विपक्षमा बस्नै नचाहने यहाँका दलहरु अरुको सरकार बन्यो कि ढलाउने सुरमा लागेर बजेट समेत ल्याउन नदिदा यस्तो स्थिती आएको धारण राखे ।
कार्यक्रममा महासंघका महासचिव शरद गौचन, उप–महासचिव वासु उप्रेती, सह –कोषाध्यक्ष खोणानिधि लोहनी, पूर्व केन्द्रिय सदस्य रुद्र शर्माले पनि मन्तब्य राखेका थिए । अधिवेशनमा क्षेत्रिय संघ पेखराका अध्यक्ष ओम गौचन, महासचिव टंक बराल, क्षेत्रिय सदस्य दामोदर घिमिरे, क्षेत्रिय पूर्वउपाध्यक्ष बाल सिह काउछा, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगाएतका कार्यालय प्रमुखहरु, राजनैतिक दल, संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
निर्माण व्यवासायि संघ गुल्मीका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा चलिरहेको कार्यक्रममा सचिव नारायण पोखरेलले गुल्मी जिल्लाको निर्माण व्यवसायको अवस्थाबारे प्रकाश पारेका थिए । उपाध्यक्ष गणेश तङ्नामी स्वागत मन्तव्य र सह सचिव हरीकुमार श्रेष्ठको सञ्चालन रहेको थियो । आज राती बन्द सत्र चल्ने र भोली नयाँ कार्य समितिको घोषणा गर्ने संघका कोषाध्यक्ष प्रितम काउछाले जानकारी दिए ।