Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारी, भकारी र गुल्मीका कर्मचारी

Published on 4:10:00 AM //


प्रेम सुनार
गुल्मी, असौज २६ ।  ‘मानो–मानो संगालेर भकारी हुँदो रहेछ’ जिल्ला स्वस्थ्य कार्यालयका कार्यालय सहायक भोजप्रसाद पाण्डेले भने –’पहिला थाह भएन सहकारीमा लागे पछि थाह भयो बचत गर्ने बानीले निकै फाईदा पुगेको छ ।’
उनि जस्ता कार्यालय सहयोगी सहित अधिकृतसम्मका गुल्मीमा कार्यरत कर्मचारीहरुले २०६७ माघ २८ गतेदेखि सहकारी खोलेपछि जस्तोसुकै समस्या परेपनि बैंक वा साहु महाजनकहाँ ऋण खोज्न जानु परेको छैन ।
कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. तम्घास गुल्मी गठन गरेका उनिहरुले शुक्रबार दोश्रो साधारण सम्पन्न गर्दैं गर्दा अधिकांसको प्रतिकृया थियो, "कहिलेकार्ही तलव ढिलो आई राशन सकिदा पनि सहकारी भकारी जस्तै बनेको छ ।"
जिल्ला प्रविधिक कार्यालयकी महिला कर्मचारी दुर्गादेवि पाण्डे १२ वर्षदेखि तम्घासमा डेरा गरेर वस्नु भएको छ । स्याङ्गजाको बिर्घा गाविसकी उहाँलाई कर्मचारी साथीहरुसंग चिनजान नहुँदा कहिलेकाही आउने आर्थिक समस्या टार्न बढो मुस्कील पर्दथ्यो अहिले त्यो समस्या छैन ।
‘पहिलो त, कर्मचारी एक आपसको मनमुटाव त्यागेर एक ठाउँमा उभिन सिकायो सहकारीले’ पाण्डेले भनिन –‘दोश्रो वचत गर्न र भैपरी आउने समस्या ब्यक्तिको नभई कर्मचारीको साझा समस्या बनायो ।’ उनले थपिन–‘सहकारीमा लागेपछि एकदम सजिलो भएको छ ।
प्राविधिक कार्यलयकै प्राविधिक खिमबहादुर अधिकारी भन्छन्–‘हामीलाई सहकारीले एक अर्काको सहयोगी बनायो । सानो बचतबाट ठुलो फाईदा पुगेको छ ’ उनले भने ‘महिनैपिच्छे तलव आउने हामी कर्मचारीहरुलाई त सहकारीले यति फाईदा पु¥यायो भने सर्वसाधरणलाई त झन फाईदा पुग्ने छ ।’
कर्मचारीहरुलाई सहकारी खोल्ने सोच कसरी आयो त ? सँस्थाका अध्यक्ष जयस्वर पन्थी भन्छन् –‘सवै समान छैनन । कैयौ साथीहरुको निम्न तलव र घरयासी आय पनि कम छ त्यसैलाई दृष्टीगत गरी यस्तो सोच ल्याएका हौं ।’ जिल्ला प्रशासन मुद्धा फाँट प्रमुख पन्थीले भने –‘साथीहरुको उत्साह बढेको छ । ५० हजार सम्म ८ प्रशित ब्याजदरमा ऋण प्रवाह गर्दछौं । भैपरी आउने आपत विपदमा तत्काल सहयोग पु¥यान पनि सकेका छौ ।’
सुरुमा ८-१० जनाबाट सुरु गरेको सहकारीमा अहिले २ सय २६ जना कर्मचारी, प्राध्यापक-शिक्षक समेत शेयर सदस्य बनेका छन् । जसमा ४१ जना महिला रहेका छन् । न्युनतम २ सय र त्यो भन्दा माथी आफुखुशी संकलन गर्दछन् । अधिकृत तहकाले १ हजार भन्दा माथी संकलन गर्ने गरेका छन् ।
यस साधरण सभाबाट दुई जनाको जमानतमा ३ लाखसम्म ऋण दिने भएको छ । अहिले २ लाख २६ हजार पुँजी रहेको संस्थाले अव बढाउन गईरहेको अध्यक्ष पन्थीले बताए । ऋण समयमा नबुझाउनेहरुलाई विलम्व शुल्क लगाईएको छ । त्यसबाट ऋण उठ्ने र पुँजी बढने गरेको छ । जिल्लाका कर्मचारिहरुले समेत यसरी सहकारी खोल्न थालेपछि गुल्मीका गाउँ गाउँ र समुह समुहमा सहकारी खोल्नेहरुको लहर चलेको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक यमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी गौरव खत्री, गुल्मी युनाईटेड सहकारी संस्थाका अध्यक्ष दुर्गा पाण्डे, महिला स्वावलम्वन सहकारी संस्थाकी अध्यक्ष राधा पन्थी, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर पाण्डे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयस्वर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरिहर गौतम र कोषाध्यक्ष हरिप्रसाद ज्ञवालीले प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष खिमबहादुर अधिकारीको स्वागत मन्तब्य र सचिव हरिहर गौतमको संचालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग