Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाघले दिउँसै पशुचौपाया खान थालेपछि गाउँले त्रसित

Published on 11:12:00 PM //


गुल्मी, ६ कार्तिक । बाघले दिउँसै पशुचौपाया खान थालेपछि  दौघा गैरीखुट्टावासी त्रसित बनेका छन्। एक महिनाको अवधिमा यहाँका एक दर्जनमा बढी बाख्रा र कुकुर बाघले खाएको स्थानीयवासीले बताएका छन्। दिउँसो घरगोठमा नै आएर बाघले बाख्रा र घरमा पालेका कुकुर खाइदिएको गोविन्द घिमिरेले बताउनुभयो। दिउँसो बाघले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको उहाँले जानकारी दिनुभयो।

मेघराज घिमिरे, ज्ञानेश्वर घिमिरे, लक्ष्मी घिमिरे, भद्रबहादुर रेश्मीलगायतका बाख्रा र घरमा पालेका कुकुर बाघले खाएको छ । दसैँको समयमा बाघले दिउँसो नै पशुचौपाया खान थालेपछि स्थानीयवासी आफ्ना बालबालिकालाई बाहिर हिँडडुल गर्न जान दिन र घाँसदाउरा गर्न डराइरहेका छन्। नवरात्रिको समयमा विगतका वर्षमा बाघ आउने र कराउने गरे पनि यसरी धेरै सङ्ख्यामा पशुचौपाया खाइदिएको यो पहिलोपटक भएको स्थानीयवासी बताउँछन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग