Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेतो गबारो नियन्त्रण नहुँदा गुल्मीका कफी किसान मर्कामा

Published on 8:17:00 PM //


घनश्याम गौतम
गुल्मी, कार्तिक ४ - जैविक मलको प्रयोगबाट उत्पादन भइरहेको कफीको विदेशमा लोकपि्रय भइरहेका बेला सेतो गबारोले उत्पादनमा असर पारेको छ । जैविक मल प्रयोग गरेर उत्पादन हुँदै आएको कफी जापान, कोरिया अस्ट्रेलियालगायतका मुलुकमा बढी लोकपि्रय बनेको छ । तर, झन्डै तीन वर्षदेखि देखिन थालेको सेतो गबारो अहिलेसम्म पनि नियन्त्रणमा नआएपछि किसान चिन्तित ्न् । १९९५ मा आँपचौरका एक व्यक्तिको घरबाट सुरु भएको कफी खेती गत आर्थिक वर्षसम्ममा जिल्लाका ४५ गाविसमा विस्तार भएको कृषि कार्यालयले जनाएको छ ।
७२ वर्ष अघि आँपचौरका हीरा गिरीले बर्माबाट ल्याएर परीक्षणका रूपमा सुरु भएको कफी खेतीलाई अहिले जिल्लाका थुप्रै किसानहरूले व्यावसायिक उत्पादन गरेर राम्रो आम्दानीमा परिणत गर्दै आएका छन् । त्यस्तै कफी खेतीमा लागेर राम्रो आम्दानी गर्नेहरू जिल्लामा थुप्रै छन् । तर पछिल्लो २ वर्षमा अधिकांश किसानहरूले लाखौं कफीका बोट सेतो गबारोकै कारण काटेर फाल्न बाध्य भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले बताए । ३ हजार ५ सयभन्दा बढी किसानले उत्पादन गरेको कफीको बजारीकरणका लागि जिल्ला सहकारी संघले सघाउँदै आएको छ ।
०५२ सालमा हल्यान्डमा निर्यात सुरु भएको यहाँको अर्गानिक कफी अहिले जापान र कोरियाका अधिकांश बजारमा पुग्ने गरेको सहकारीले जनाएको छ । 'जापानीहरू बारीमै आएर कफी खरिद गर्ने र अर्गानिक परीक्षण गर्ने गरेपछि हामी थप उत्साहित बनेका थियौं,' बलिथुमका घनश्याम गौतमले भने, 'तर पछिल्ला वर्षहरूमा नियन्त्रण गर्नै नसक्ने गरी सेतो गबारोले सताएको छ ।' गौतमले कफी बिक्री गरेर वाषिर्क ४० हजार रुपैयाँ कमाएको बताए । घमिरका यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न लागेका बेला कफीका बोटहरूमा लागेको रोगले आफूलाई निकै चिन्ता थपेको बताए ।  

सहकारी संघका व्यवस्थापक युवराज आचार्यका अनुसार गत वर्ष जिल्लामा उत्पादन भएको ७६ मध्ये २८ टन कोरिया निर्यात भएको थियो । यस वर्ष उत्पादन बढेर झन्डै ९० टन पुगेको छ ।

उनका अनुसार गत वर्ष कफी बिक्रीबाट किसानले आन्तरिकसहित १ करोड २० लाखभन्दा बढी रकम बुझेका थिए । संघले किसानलाई गि्रनबिन, चेरी र पार्चमेन्ट गरी ग्रेड विभाजन गरेर रकम भुक्तानी गर्ने गरेको छ ।

गुल्मीको कफी जापान र कोरियामा 'गुल्मी अर्गानिक कफी' कै नामबाट परिचित छ । कृषि कार्यालयका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफी गरिन्छ । विदेशमा माग बढ्दै जान थालेपछि अर्गानिक कफी खेतीको क्षेत्र हरेक वर्ष ५ हेक्टरका दरले वृद्धि गर्ने गरिएको घिमिरेले बताए । जिल्लामा बोक्रा निकालेको क ग्रेडको कफीको मूल्य प्रतिकिलो १ सय ८५ रुपैयाँ र सुकेको कफीको प्रतिकिलो ८५ रुपैयाँ मूल्य छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग