Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरुवा भएर आएका नयाँ डिएसपीले पत्रकारहरुलाई भेटे, सम्बन्ध सुमधुर राख्न आग्रह

Published on 1:38:00 AM //


अनिल खत्री
गुल्मी, कार्तिक ३ । गुल्मी जिल्लामा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव उपरिक्षक गुरु बिस्नु काफ्लेले शुक्रबार गुल्मी जिल्ला स्थित बिभिन्न सञ्चारमाध्याममा कम गर्ने पत्रकारसंग भेटनु भएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीमा समपन्न पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक काफ्लेले गुलमी जिल्लामा प्रहरी र पत्रकारहरुको समाचार सम्प्रेसण सम्बन्ध राम्रो रहेको र आउँदा दिनहरुमा पनि सम्बन्ध अझ राम्रो रहने बताउनु भएको छ ।
पत्रकार र प्रहरीको सम्बन्ध नङ् र मासुको झैँ रहेकाले प्रहरीले पत्रकारलाई दिन मिल्ने सुचना दिने कुरामा कुनै कमी नरहने भन्दै पत्रकारसंग जानकारी लिँदै प्रहरी नायव उपरिक्षक काफ्लेले नेपालीहरुको महान पर्व बिजय दशमी नजिकिदै गर्दा गुल्मी जिल्लाको शान्ति सुब्याबस्थालाई कडा परिएको जानकारी दिनु भयो । चाड पर्व मनाउन आफनो गन्तब्य तर्फ फर्कने यात्रुहरुलाई मध्यनजर गर्दै सवारी साधन संञ्चालनमा चेकजाँचलाई पनि कडा पारिएको र दुर्घटना न्युनिकरणको लागी दैनिक बेलुकीमा गुल्मीका बिभिन्न ठाँउमा र तम्घासको देउरालीमा मापसे चेक जाँच भई रहेको जानकारी दिनुभयो । गुल्मीको तम्घासदेखि रिडी र रिडीबाट वामी सम्म बेलुकीमा प्रहरीको गस्ती टोली समेत खटाइएको जानकारी दिनुभयो ।
बिजया दशमीको उपलक्ष्यमा गुल्मी जिल्लाका बिभिन्न ठाँउमा हुने सरायँ नाचमा प्रहरीले आफनो सुरक्षा ब्यावस्थालाइ बिशेष तरिकाले सुरक्षा ब्यबस्था अपनाइरहेको बताउनु भयो । पत्रकार भेटघाटमा पत्रकारहरुले गुल्मी जिल्लामा प्रहरी र पत्रकारको सम्बन्ध राम्रो रहेको र यसलाइ निरन्तरता रहीरहने कुरामा आशाबादी रहेको बताएका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग