बाग्लुङमा मुटु, कलेजो र आन्द्रा बाहिरै भएको बच्चा जन्मियो (भिडियो सहित)
Published on
9:52:00 PM //
बागलुङ नगरपालिका ९ लुङगाउँमा एक महिलाले अचम्मको शिशुलाई जन्म दिएकी छिन् । सामान्य अवस्थामा घरमै सुत्केरी भएकी २२ बर्षिया विना थापाको कोखबाट मुटु, कलेजो, आन्द्राहरु सबै बाहिर स्पष्ट देखिने बच्ची जन्मिएपछि आफन्तहरु आत्तिएर सुत्केरी आमा र नवजात शिशुलाई उपचारार्थ धौलागिरी अन्चल अस्पताल ल्याएका थिए ।
गर्भवती अवस्थामा बराबर चेकअपको लागि धौलागिरी अन्चल अस्पताल आईरहेकी र परीक्षणमा सबै सामान्य देखिएको स्वास्थ्यकर्मीले बताएका थिए । अहिले यस्तो अचम्मको शारीरिक अवस्थाको शिशु जन्मिएपछि स्वास्थ्यकर्मीहरु विनाको पेटको अल्ट्रासाउण्ड नगरेकाले पेटको बच्चाको अवस्था थाहा हुन नसकेको बताईरहेका छन् ।सुविधासम्पन्न अस्पतालमा बच्चालाई लगेमा राम्रो हुने विश्वास व्यक्त गर्दै अस्पतालका सुपरिटेन्डेन्ट डा तरुण पौडेलले अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा या काठमाडौका लागि रिफर गरिएको जानकारी दिए । यस्तो शिशु जन्मिएको पहिलो घटना भएको पनि डा पौडेलले बताए ।
नवजात शिशुको तौल साढे दुई किलो छ भने आमाको स्वास्थ्य केहि खराब रहेको पनि अस्पतालले बताएको छ ।










