Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लाका विद्यालयहरुमा पहिलो पटक ई-लाईब्रेरी संचालन

Published on 7:12:00 AM //


जनार्दन घिमिरे
गुल्मी, १९ असोज । गुल्मी जिल्लामा पहिलो पटक विद्यालयहरुमा ई लाईब्रेरीको शुरुवात गरिएको छ । सूचना तथा संचारको माध्यमवाट शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले जिल्लाका आठ वटा विद्यालयहरुमा उक्त ई लाईब्रेरीको स्थापना गरिएको हो । आठ विद्यालय अन्तर्गत शुक्रवार पहिलो दिन सदरमुकाम तम्घास स्थित सिद्धवावा उच्च माध्यमिक विद्यालय र अर्जुन आवासीय उच्च माविमा ई लाईब्रेरीको उद्घाटन गरिएको थियो ।
शुक्रवार जिल्लामा पहिलो पटक ई लाईब्रेरीको स्थापना गरिएका पछि सदरमुकाम
तम्घास स्थित सिद्धवावा उच्च माध्यमिक विद्यालयमा कार्यक्रमको उद्घाटन गर्दै
जिल्ला शिक्षा अधिकारी गोविन्द्र प्रसाद अर्याल । तस्विर ः जनार्दन घिमिरे
जिल्लामा पहलो पटक संचालन गरिएको ई लाईब्रेरीको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले विज्ञान प्रवृधि र सूचनाको युगमा युग सुँहाउदो शिक्षा नीतिको आवश्यकता वढ्दै गएको भन्दै यसले विद्यार्थीको पठनपाठनलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान दिन महत्वपूर्ण सहयोग पुराउने वताउनु भयो । उहाँले प्रविधिलाई जति उपयोग गर्न सक्यो उती नै विद्यार्थी तथा शिक्षक शिक्षीकाहरुको व्यक्तिगत विकास हुनुका साथै शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । स्थानीय विद्यालयहरुको आर्थिक सहयोग तथा साझा शिक्षा ई पुस्तकालय ललीतपुरको प्राविधिक सहयोगमा जिल्लामा उक्त कार्यक्रमको शुरुवात गरिएको हो ।
पहिलो पटक जिल्लामा ई लाईब्रेरीको स्थापना गर्ने विद्यालयहरुमा सदरमुकाम तम्घास स्थित सिद्धवावा उच्च मावि, अर्जुन आवासीय उच्च मावि र रेसुङ्गा मावि, वामीको महेन्द्र आदर्श उच्च मावि, तुराङको ज्ञानोदय उच्च मावि, जैसिथोकको पाञ्चायन उच्च मावि, रानिवासको जनवोध उच्च मावि र धुर्कोट वस्तुको हिमालउ उच्च मावि रहेका छन् । उक्त विद्यालयहरुले विद्यालयको आन्तिरिक श्रोतवाट सहयोग जुटाई दुई लाखदेखि पाँच लाख सम्मको लगानि गरि ई लाईब्रेरीको स्थापना गरेका छन् । उक्त लाईब्रेरीमा नेपाली साहित्य, अँग्रेजी साहित्य,कला, अडियो तथा भिडीयो सहितको शिक्षण सामग्रि,कृषि लगायत विद्यार्थी, शिक्षक तथा स्थानीय समूदायमा आधारित विविध प्रकारका गरि ३५ सय पुस्तहरु समावेश गरिएको वताईएको छ ।
आफ्नो विद्यालयमा पहिलो पटक ई लाईब्रेरी शुरु भएपछि, त्यसको प्रयोग गर्दै सिद्धवावा उच्च माविका छात्रछात्राहरु । तस्विर ः जनार्दन घिमिरे


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग