Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ गुल्मी प्रशासनको दशैको सुरक्षा योजना (रेडियो रिपोर्ट सहित)

Published on 5:00:00 AM //

प्रेम सुनार
गुल्मी, असोज १८ । चाडपर्वलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सुरक्षा सतर्कता अपनाएको छ । कार्यालयले सुरक्षा प्रमुखहरुको वैठकवाट पारित सुरक्षा योजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सुरक्षा योजनाअनुसार विजयादशमी, तिहार र छठ पर्वका लागिसम्म आजैका मितिदेखि लागु हुने गरी यातायात, सांस्कृतिक मेला, पुजापाठ आदिमा हुन सक्ने सम्भावित अप्रिय घटना र सर्वसाधरणले भोग्नुपर्ने सास्तीका सम्वन्धमा विशेष कार्ययोजना वनाएको छ ।
प्रशासनले जिल्लामा रहेको लोकमार्ग र सहायकक मार्गमा हुने सवारी दुर्घटना, सवारी साधनमा लुटपाट, गुन्दागर्दी र झैझगडा न्युनिकरण र नियन्त्रणमा कडाइका साथ लाग्ने जनाएको छ । चाडपर्वभर प्रहरीवाट सवारीसधानमा नियमित रुपमा चेकजाँच, स्थान परिवर्तन गरी छड्के चेकजाँच, होटलहरु तोकिएको समयमा वन्द गर्न लागउने, टिकट विक्रिमा निगरानी राख्ने लगायतका सुरक्षा सतर्कता अपनाएको छ ।
परम्परागत संस्कृतिको संरक्षणका नाममा अमर्यादित र हिंसात्मक गतिविधि नगर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सुख–शान्ति र आपसमा सद्भाव वाँडेर चाडपर्वहरु मनाउन जिल्लावासीलाई सुभकामना दिनुभएको छ ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले आवश्यक प्रहरी फोर्स रहेको र त्यो भन्दा पनि वढिको आवश्यकता परे नेपाली सेना र छिमेकी जिल्लासँग सहकार्य गरेर भएपनि सुरक्षा व्यवस्था मजवुद पारिने वताउनुभयो । हुनसक्ने सम्भावित घटनामा स्थानीयवासीको महत्वपुर्ण भुमिका रहने भएकाले तत्काल प्रहरीलाई सुचित गर्न समेत आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय मातहत रहेका १६२ ओटा टोलसुधार समिति, स्थानीय समाजसेवि, राजनितिक दलले सुरक्षा सवैको साझा विषय हो भन्ने ठानेर लाग्न प्रशासनले आग्रह गरेको छ ।
भारत लगायतका मुलुकवाट घर आउने नेपालीहरुलाई यातायात व्यवसायीहरुले निर्धारित भाडादर भन्दा वढि लिए सुचित गर्न समेत प्रशासनले आग्रह गरेको छ । सरकारी कार्यालय र वित्तिय संस्थाको सुरक्षा, उपभोग्य सामग्रीहरुको आपुर्ति व्यवस्था, कृतिम अभाव, मुल्य वृद्धि, कालोवजारी नियन्त्रण र कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । सरायँ नाँचमा खुकुरी, खोँडा लगायतका धारिलो हतियार प्रयोग नगरी त्यसको प्रतिक काठको वनाई प्रयोग गर्न समेत आग्रह गरिएको छ । जिल्लामा विशेष गरी सरायँ नाचमा कुटपीटका घटना वर्षेनी हुने गरेका छन् । स्मरण रहोस गत वर्ष नयाँगाउँमा भएको सरायँ नाचमा सुरक्षामा खटिएका एक प्रहरी जवानको समेत स्थानीय उछृङ्गखल युवाको कुटपिटवाट मृत्यु भएको थियो ।
सुनौँ रेडियो रेसुङ्गाका प्रेम सुनारले तयार पारेको रेडियो रिपोर्ट: 

दशै तिहार जस्ता चाडपर्वमा लुटपाट बढ्ने र बजारहरुमा बढी भिड लाग्ने गरेकाले त्यसको नियन्त्रणका लागि तम्घासका प्रहरीहरु साईकलमा गस्ती गर्दै गर्दाको फाइल तस्बिर । तस्विर ः घनश्याम गौतम

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग