Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतमा अध्ययनरत नेपाली बिद्यार्थीको सामूहिक बलात्कार

Published on 6:17:00 PM //

२९ असोज, काठमाण्डौ । भारतको बैंगलोरस्थित नेसनल ल स्कुलमा इन्डिया युनिभर्सिटीमा अध्ययनरत एक नेपाली युवतीमाथि सामूहिक बालात्कार भएको छ ।
भारतीय समाचार एजेन्सी डेली न्यूज एण्ड एनालिसिसका अनुसार शनिवार राती करिव साढे नौ बजे बिश्वबिद्यालय नजिकै आठ जनाको समूहले सामूहिक बालात्कार गरेको हो ।
२२ बषिर्य ती नेपाली युवती भारतीय प्रेमी निर्मलकुमारसँगै घुमिरहेको अबस्थामा घटना भएको बताइएको छ । दुवै जनालाई रोकेर सुरुमा सो समूहले गहना र पैसा मागेको थियो । तर निर्मलकुमारले आफ्नो पर्स गाडीमै छुटेको बताएपछि उनलाई पैसा लिएर आउन भनियो । निर्मलकुमार बिश्वबिद्यालयमा रोकिराखेको गाडीबाट पर्स लिएर र्फकंदा त्यहाँ ती युवती नरहेको समाचारमा बताइएको छ ।
निर्मलकुमारले प्रहरीलाई खवर गरेपछि उनको खोजी गरिएको थियो । करिव एक घण्टापछि बिश्वबिद्यालयबाट ४ किलोमिटर पर जंगलमा उनी दर्दनाक अबस्थामा भेटिएको समाचार समिति डीएनले जनाएको छ । उनको कपडा च्यातिएको थियो ।
नेपाली युवती र उनका प्रेमीलाई पुलिससमक्ष बलात्कारको उजुरी दायर गरेका छन् । प्रहरीले युवतीको मेडिकल जाँच भइरहेको र रिपोर्ट आएपछि जानकारी दिने बताएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग