Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोको ढिस्कोले पुरिएर एकको ज्यान गयो

Published on 5:44:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २९ असोज । घरको जग खन्ने क्रममा आज वेलुकि गुल्मीको सदरमुकाम तम्घासमा एक मजदुरको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी सिमिचौर गाविस १ निवासी ५५ वर्षीय शोभाखर कुँवर हरेका छन् । सदरमुकाम तम्घास गाविस ७ स्थित देउराली नजिकै घरको जग खन्ने क्रममा माथिवाट खसेको ढिस्कोले पुरिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीन्युजलाई जनाएको छ । ढिस्कोले पुरिएका कुँवरलाई स्थानीयवासी र प्रहरीको सहयोगवाट खनेर आधा घण्टापछि मात्र खाल्डो वाहिर निकालिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग