Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोकालाई मेहन्दी, गाउँकी तरुनी बाख्रीलाई आकर्षित गर्न ?

Published on 6:25:00 PM //

फेशन तिमी मनुष्यलाई मात्र ? के हामी बोकाहरुको मन होईन ? ः मेहन्दीले सजाएर सिंजालीको गोठमा बाँधिएको बोका । तस्बिर: प्रेम सुनार 
प्रेम सुनार
गुल्मी, असौज २१ । प्रकृतिले दिएको सौन्दर्यताले नपुगेर भर्खरै कुरकुरे बैँसका युवायुवती हुन वा सेतै फुलेका बुढा बुढीहरु नै किन नहुन तरुनो/तरुनी देखिन कपालमा मेहन्दीको प्रयोग गर्ने चलन छ । तर अब त मान्छे मात्रै हैन खसी बोका पनि के कम ? उनिहरुलाई पनि कृत्रिम शौन्दर्य प्रदान गर्न मेहन्दी लगाई दिन थालिएको छ, त्यो हेर्न टाढा गईरहनु पर्दैन, गुल्मीकै हर्दीनेटा स्थित एक किसानको घरमा पुगे हुन्छ ।
हर्दिनेटा–४ घर भई वडा नम्वर–३ मा वसोवास गर्ने हरिबहादुर सिञ्जालीको गोठमा पुग्दा कहाँबाट पाटे बाघ ल्याएर बाँधेछन् भनेर डरले एक छिन जो कोही झसङ्ग हुन्छ । आखिरमा त्यो हो लामा कान गरेको बोको । ‘पाटे बाघ जस्तो कति राम्रो पाठो’ भनेर हामीसंगै त्यहाँ पुग्नु भएका स्थानिय प्रधानध्यापक विष्णुप्रसाद पन्तले कुरो निकाल्न साथ सिंजालीले उक्त पाठाको असली रुप वर्णन गर्नु हुन्छ । ‘पहिला निख्खर सोतो थियो , पछि पाटे बाघ जस्तै बनाउने झोंक चल्यो र कालो मेहन्दी लगाईदिँए र भयो पनि त्यस्तै ।’
 ब्याठे पालेको बोको । गाउँ गाउँमा डुलाईन्छ । बानी ब्यहोरा ठ्याक्कै बोकाको जस्तै भएपनि रुप खोज्ने यो जमनामा गाउँका तरुनी बाख्रालाई आकर्षित गर्न पनि त्यस्तो आर्कषक बनाईएको हुन सक्ने स्थानियवासी ब्यङ्ग्य गर्दछन् ।
दशैंको पाठो खोज्न हिंड्नेहरुले त्यसै बोकामा र्‍याल काढे पनि सिंजालीले बेच्ने छाँट भने गर्नु भएको छैन । फेशन भनेपछि टपक्कै टिप्ने यो जमनामा सिंजालीले आफनो बोकोलाई मेहन्दीले रंगाएर सुन्दर बनाएपछि त्यसको सिको अरुले पनि गर्न के बेर ? यस्तै हो भने युवती र ठिटा बन्न चाहेका बुढाहरुले मेहन्दी नपाउने वा माग बढ्दै जाँदा मंहंगीमा पर्ने पो हुन कि ? यस्तो ब्याङ्ग पनि गर्न थालिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग