Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजार अनुगमन तिब्र बाटोलाइ अबरोध गरेर सामान नराख्न अनुरोध

Published on 2:28:00 AM //


अनिल खत्री
गुल्मी, असोज १७ । चाड पर्व सगै बजारमा हुने कालो बजारी तथा म्याद गुज्रेका अखाध्य बस्तु बिक्रीबितरणमा गरिएको अनुगमनलाई जिल्ला प्रशासन कार्यलय गुल्मीले तिब्रता दिएको छ । यसै बिच बजार अनुगमनसगै नेपालीहरुका महान पर्व दशै तिहार नजिकिदै गर्दा चाड पर्व मनाउन आउने यात्रुहरुलाई बजारमा हिँड्न र सवारीका साधनहरुलाइ ओहोर दोहोर गर्न सहजहोस भन्ने अभिप्रयले जिल्ला प्रहरी कार्यलय, ट्राफीक कार्यलय, उद्योग वाणिज्य संघमा प्रतिनिधी सहितको टोलीले आज सहिद चोक हुँदै नयाँ बजार, पुतली बजार, पुरानो बजार हुँदै सहिद चोक सम्ममा रहेका ४० वटा
भन्दा माथीका फुटपाथका पसलहरुलाई बाटो अबरोधहुने गरि सामानहरु राखिएकोले हटाउनको लागी अनुरोध गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बजारमा बाटो जाम नहोस भन्ने अभिप्रायले गरिएको अनुगमन भोलि अर्थात बिहीबार तम्घासको शहिद चोक हुदै खानिगाउ, उप्पलो तम्घास हुदै देउराली सम्ममा रहेका पसल तथा फुटपाथ पसलहरुको अनुगमन गरिने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग