Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिविसको गिटी वालुवा उत्खनन् बिरुद्द स्थानिय जनता

Published on 2:39:00 AM //


वामी गाविसवासीको आम सहमति नलिई जिल्ला विकाश समिती गुल्मीले सो गाविसबाट गिटी वालुवा, रोडा ढुङ्गा झिक्न टेण्डर आव्हन गरेपछि त्यस विरुद्ध त्यहाँका जनता आन्दोलनमा उत्रिने भएका छन् ।
वामी गाविस वडा नम्वर ३ स्थित सिमखर्कमा उत्खनन गर्न जिल्ला विकास समितिले केहि दिन अघि टेण्डर आव्हन गरेको थियो । जिविसले उत्त्खनन कार्य गर्दा त्यस क्षेत्रमा पर्ने नकारात्मक असरहरुको अध्ययन नै नगरी त्यहाँका सिमित ब्याक्तिहरुको उक्साहटमा उत्खनन गर्न लागेको भन्दै वामी सहित छिमेकी गाविसहरु कुर्घा, आँपचौर र तुराङ गाविसका ५० औं जना विभिन्न दलका अगुवा आज जिल्ला विकास समितीमा डेलिगेशन आई तत्काल उक्त कार्य रोक्न माग गरेका छन् । उक्त स्थानमा गिटी वालुवा र ढुङ्गा उत्खनन गर्दा झण्डै तिन दर्जन घर धुरीको वसोबास नै खतरामा पर्ने र सयौं  रोपनी खेती योग्य जमिन समेतको हानी पुग्ने एकिकृत नेकपा माओवादी वामीका अध्यक्ष वसन्त कार्कीले बताए । सो पाटी सहित त्यस क्षेत्रका सबै राजनैतिक दल त्यस विरुद्ध उत्रिएका छन् । स्थानियवासीको आग्राहलाई बेवास्त गरिए कानुनी प्रकृयाबाट अगाडी बढिने उनिहरुले चेतवानी दिएका छन् । टोलीलाई स्थानिय विकास अधिकारीले सहमति नवने सम्म निर्माण व्यबसायिलाई काम सुरु गर्न नदिने आश्वासन  दिएको टोलीले बताएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग