Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समग्र शैक्षिक बिकासको लागि रुपाकोटबासीको अन्तर्कृया

Published on 2:02:00 AM //


बिष्णु भण्डारी
रुपाकोट समाज गुल्मीको आयोजना तथा शारदा मा बि रुपाकोट र सिद्धेश्वर बहुउद्धेशीय सहकारी संथा लि.को सह-आयोजनामा असोज ३० गते देखि कार्तिक ३ गते सम्म संचालित सकारात्मक सोच- शैक्षिक बिकास तथा भावी कार्यक्रम बिषयक चार दिवसीय "अभिमुखीकरण कार्यक्रम तथा कार्यशाला गोष्ठी" मा रुपाकोट स्थित शारदा मा.बि.मा शैक्षिक तालिम तथा प्रबेशिका परिक्षा २०६८ मा सहभागी भै सरकारी बिद्यालयमा पढ्ने रुपाकोटे बिद्यार्थी मध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने बिध्यार्थिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भयो ।
पहिलो दिनको कार्यक्रम अन्तर्गत रुपाकोटका सम्पूर्ण स्कुलहरुको अबलोकन भ्रमण गरिएको थियो । समाजका अध्यक्ष शिव भण्डारी, यमुना गैरे लगायतको टोलीले हिराभवन, रैकर र छापको स्कुल, बानीका भण्डारी बुटवल र कृष्ण भण्डारी चितवनले डकुवा र म्याल्पोखारा स्कुल तथा गोपाल गैरे र शंकर भण्डारीको टोलिले सोता, दमुका स्कुल अबलोकन भ्रमण गर्नु भएको थियो । उक्त अबलोकन भ्रमणमा स्कुल ब्यबस्थापन समिति, राजनीतिक पार्टी प्रतिनिधि, अबिभाबक र बिद्यार्थीको समेत उपस्थिति रहेको थियो । स्कुलको हालको अबस्था, बिद्यार्थी संख्या, दरबन्दी शिक्षक, स्थानीय स्रोतबाट संचालित शिक्षक, भौतिक पूर्वाधार आदिको टिपोट सहित भाबी योजना र त्यसका चुनौती बिषयमा छलफल गरी बुँदा टिपोट गरिएको थियो ।
त्यसैगरी कार्यक्रमको दोश्रो दिन बुधबार सोता स्थित राम मन्दिर प्रांगणमा सकारात्मक सोच अभिबृद्दी कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा प्रशिक्षक राम बहादुर राउत, पाल्पाले प्रशिक्षण दिनुभएको थियो । २०० बढीको उपस्थितिमा संचालित उक्त कार्यक्रममा विभिन्न बिद्यालय, राजनीतिक दल,  क्लब, आमा समुह, उपभोक्ता समुह, सरकारी तथा गैरसरकारी संथाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको तेस्रो दिन शारदा मा बि म्याल्पोखारामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक बिस्नु ज्ञवालीले गर्नुभएको थियो ।कार्यक्रममा रुपाकोटका र रुपाकोटसंग सम्बन्धित करीब सय जना शिक्षकको उपस्थितिमा शैक्षिक गुणस्तर सुधारका लागि अपनाउनु पर्ने पद्धति, बालमैत्री शिक्षण बिधि, नँया शैक्षिक पद्धतिमा केन्द्रित रही जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक बिस्नु ज्ञवाली, तम्घास, नेल्टा प्रसिक्षक गोपाल प्रसाद बस्याल, पाल्पा तथा रामनाथ न्यौपाने, गोपाल गैरे, थानेश्वर भण्डारी, यमुना गैरे आदिले प्रशिक्षण दिनुभएको थियो ।
त्यसै गरि कार्यक्रमको अन्तिम दिन रुपाकोट्का सबै बिद्यालयका संचालक समिति, शिक्षक, अबिभाबक तथा सहकारी समिति र रुपाकोट समाजको उपस्थितिमा समुहगत छलफल गरी शैक्षिक गुणस्तर अभिब्राद्दिको लागि दिर्घकालिन कार्ययोजनाको दस्ताबेज तयार गरी अनुमोदन सहित कार्यान्वयनको प्रतिबद्दता जाहेर गरियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग