Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर बोर्डिङ, शान्तिपुरको वार्षिकोत्सब सम्पन्न (फोटोहरु सहित)

Published on 6:47:00 PM //

तेजेन्द्र थापा
शान्तिपुर, कार्तिक ४ । श्री चक्रेश्वर  बोडिंग स्कुल शान्तिपुर गुल्मीको दशौँ बार्षिक उत्सव तथा अविभावक दिवस  हिजो सम्पन्न भएको छ ।  कार्तिक १ गतेदेखि ३ गते सम्म मनाइएको उक्त कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष श्री कृष्ण ब. थापाको अध्यक्षता तथा समाजसेवी झपटमान श्रेष्ठको  प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ३ दिन सम्म चलेको उक्त कार्यक्रम विभिन्न सदनात्मक  खेलकुद, शैशिक कार्यक्रम, लोकनृत्यका साथै  मा.बि. स्तरीय भलिबल प्रतियोगिता र मा.बि. स्तरीय लोक नृत्य प्रतियोगिता समेत सम्पन्न भयो । मा.बि स्तरीय भलिबलको उपाधि सल्यान सुखौरा मा.बि सल्यान बाग्लुंगले जित्न सफल भयो भने लोक नृत्यको उपाधि भानु सेकेण्डरी बोडिंग स्कुल हर्राचौरले आफ्नो पोल्टामा पार्न सफल भयो । सोही कार्यक्रममा स्कुलका ब्यबस्थापक द्रोण ब.खत्रीले स्कुलको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी स्कुलबाट विभिन्न विधामा उत्कृष्ट  हुने बिध्यार्थिका साथै कक्षा उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग