Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भेडाच्याङ्ग्राको भाउ बढ्यो

Published on 2:58:00 PM //


कविता घर्ती मगर
रेडियो परिबर्तन बागलुङ, कार्तिक ७ गते । बडादशैको अवसरमा छिमेकी देश चिनबाट आयत गरेको भेडाच्याङग्राको मुल्यमा ३० प्रतिशत बृद्धि भएपछि मासुमा पनि मुल्य बृद्धि भएको छ ।
गत वर्षको तुलनामा आधा मात्र भेडाच्याङ्ग्रा भित्रिएका कारण यस्तो समस्या आएको तथा बागलुङ बजारका मासु पसलहरुमा खसीको मासुको मु्ल्य प्रतिकेजी ५ सय रुपैयाँ भएपनि तिब्बतबाट आएका भेडा च्याङ्ग्राको मासुको मूल्य प्रतिकेजी ९ सय भन्दा बढी पर्न गएकोले दशैको समयमा प्रायले घर–घरमै खसी काट्ने प्रचलन भएपनि माग अनुसार भेडा च्याङ्ग्राहको आयात हुन नसक्दा मुल्य बढेको हो ।
बोका खसी तथा भेडाच्याङग्रा सहज रुपमा पाउन नसक्दा सदरमुकाम बागलुङमा मासु अभाव हुने मासु व्यवसायीहरु बताउँछन । यता दशैको लागि मासुको अभाव हुन नदिन बिषेश व्यवस्था मिलाइ सकेको जिल्ला पशुसेवा कार्यालय बागलुङले जनाएको छ । गत वर्षभन्दा यो वर्ष बागलुङमा मासुको माग बढेको पशु कार्यालयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग