Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

Published on 3:29:00 PM //


घनश्याम गौतम
गुल्मी, ८ कात्तिक– स्याङजाको सेतीवेणीबाट गुल्मीको पूर्तिघाट तर्फ आउँदै गरेको लु. १ ज. २०७१ नम्बरको जिप मंगलबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ ।
प्रहरी चौकी पूर्तिघाटका प्रहरी हवल्दार कमल बञ्जाडेका अनुसार पूर्तिघाट गाविस–१ पाँदीखोलामा भएको दुर्घटनामा गुल्मीको पूर्तिघाट–७ का टेकबहादुर नेपाली, खड्गकोट–२ की जयन्ती ढकाल, सोही स्थानकै थानेश्वर शर्मा गम्भिर घाइते छन् । उनीहरुलाई स्थानीय स्तरमा उपचार हुन नसकेपछि मिसन अस्पताल पाल्पा पठाईएको छ ।
दुर्घटनामा स्याङ्जाका लिला माझी र यज्ञबहादुर माझी पनि घाइते भएका छन् । अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२२ जना यात्रु रहेको जिप सडकबाट झण्डै ५० मिटर तल खोलामा खसेको छ । चालक फरार रहेकाले दुर्घटनाको कारण अभैm नखुलेको भएपनि बाटो अत्यन्तै साँघुरो रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरी हवल्दार बञ्जाडेले दिनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग