Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशमा रहेका नेपालीहरुको दशै विशेष ओझेलका खवर बन्ने

Published on 3:26:00 AM //


प्रेम सुनार
गुल्मी, असौज १७ । गुल्मी न्युज डटकमबाट समेत हरेक हप्ता प्रशारण अप्डेट हुन थालेको बहुचर्चित रेडियो पत्रिका ओझेलका खवर युनिटले विदेशमा रहेका नेपालीहरुको कथा–ब्याथा समेटेर दशै विशेष ओझेलका खवर बनाउने भएको छ । रेडियो रेसुङ्गाबाट उत्पादित भई रेसुङ्गाका अलावा रुरु एफ.एम (गुल्मी) र ढोरपाटन एफ।एम।(बाग्लुङ्ग) बाट पनि प्रसारण हुन्छ । त्यसैगरी गुल्मी न्युज डटकमबाट समेत संसार भरका नेपालीहरुले चौबिसै घण्टा सुन्ने अवसर पाएकोले यस्तो सोच अगाडी ल्याईको हो ।
दशैं विशेष ओझेलका खवर श्रृंखलामा सहभागि हुन संसार भर रहेका नेपालीहरु मध्ये धेरै वर्षदेखि दशैं मान्न नपाएका र धुप्रै हन्डर खाएका नेपालीहरु जो बिदेशमा रहनुभएको छ, उँहाहरुलाई विशेष प्राथामिकता दिईने छ ।
त्यस्तै विदेशमा रहेका जो कोही नेपालीले आफ्नै आवाजमा आफन्त सन्देशका साथ श्रोता प्रतिकृया पनि दिन सक्नु हुने छ । त्यसका लागि गुल्मी न्युज डटकमका संचालक सञ्जु काउछा (+३५८४४२०२१२८५) वा सिधै कार्याक्रम संचालकको टेलिफोन ९८५७०६१५३० मा सम्पर्क राखेर रेकर्ड गर्न सकिनेछ । आजैदेखि सम्पर्क राख्नु होला ।
रेडियो रेसुङ्गले अन्य समयमा पनि विदेशमा रहेका नेपालीहरुको सफलता, असफलता, कम्पनीको ज्यादती र दलालबाट ठगी लगायतको खवर पनि प्रशारण गर्दै आएकोले जुनसुकै वेला सम्पर्क राख्न सकिने छ । तपाईं जहाँ रहनुहुन्छ सोही स्थानमा आँफै रेकर्ड गरेर अडियो वा मा ईमेल गरिदिनुभएमा अझ सहज हुने खबर युनिटको आग्रह छ ।

 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग