Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘प्रचण्ड रेसुङ्गाको कुहिरो जस्तो हुनुभाछ’: प्रदिप ज्ञवाली

Published on 2:48:00 AM //


बिशाल भट्टराई
गुल्मी , १७ असोज । नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा प्रचार बिभाग प्रमुख प्रदिप ज्ञवालीलले मुलुकले सहमति खोजिरहेको बेला एकिकृत माओबादी र बर्तमान सरकारले मुठभेड खोजिरहेको बताएका छन । एमाओबादी लगाएत सत्तासिन दलहरुले मुलकुको निकासको लागी सहमति खोज्नुको सट्टा उल्टै प्रतिपक्ष बिरोधी गतिबिधि संचालन गर्नुले राज्यको प्रभावकारीता घट्दै गएको उनको भनाई छ।
प्रेस चौतारी नेपाल गुल्मीले बुधबार एमाले पार्टी कार्यालय मदन आश्रीत स्मृति भवनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले बर्तमान राजनैतिक संकट कायम रहेमा देश असफल राष्ट्रमा धकेलिने उनले स्पष्ट पारे । ‘पानी धमिलीएको अवस्थामा अतिबादी शक्तिहरुले प्रभाव जमाउन थालेका छन’, उनले भने ‘ राजाले समेत धार्मिक भ्रमणको नाममा राजाबादीलाई सलबल्यानु, एकिकृत माओबादी बिभाजन पछिको क्रियाकलाप यसका ज्वलन्त उदाहारण हुन ।’ ज्ञवालीले बार्ताको माध्यमबाट जति सोफा फटाले पनि राजनैतिक सहमति निस्कने सभ्भावना कम रहेको बताए । ‘प्रचण्ड रेसुङ्गाको कुहिरो जस्तो हुनुभाछ’, ज्ञवालीले भने ‘ कुरा फेरी रहनुहुन्छ घरि फार्ने घरि आकाश छोप्ने, माओबादी सत्तामा बसीरहन चान्हछ ।’
संबिधान सभाको बिघटन पछि नयाँ निर्वाचनमा जाने उत्तम बिकल्प भएपनि संबिधान सभा पुर्नस्थापनाको ढोका बन्द नभएको उनले बताए । माओबादीले राष्ट्रपतिलाई बिबादमा पार्न खोजेको प्रति उनले आपत्ति जनाए । राष्ट्रपति जुन पार्टिबाट आएको भएपनि अहिले सम्म राष्ट्रपतिको काम उत्तम रहेको उनले टिप्पणि गरे । राष्ट्रपतिले अध्यादेश स्विकृत नगरेपछि सत्तामा रहेका दलहरु डराएको उनले बताए ।
देशलाई राजनैतिक निकास दिलाउनको लागी राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा उनले जोड दिएका छन । एक छुट्टै प्रसंगमा एमालेमा केहि समय जनजाति नेताहरुले समस्या सिर्जना गरेको भएपनि अहिले त्यो समस्या टरेको उनले बताए । ‘नेपालमा कुनैपनि जातिय पार्टिको अस्तित्व छैन’, उनले भने ‘ हाम्रा केहि साथीले बुझेर काममा फर्किसक्नुभएको छ, अरु साथिले पनि बिस्तारै बुझ्नुहुन्छ । ’ साथै अवको निर्वाचनको लागी एमालेले ३७६ जनाको संबिधान सभा बनाउनको लागी भुमिका निर्बाह गर्ने उनले बताए । एक पटक संबिधान नबनेर देशलाई घात भएकोले अव तल्लो सदनमा ३११ र माथिल्लो सदनमा ६५ जना सदस्य हुनुपर्ने उनले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग