Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोक्सा-बोक्सिको आरोपमा आफ्नै दाजुभाउजुबाट कुटिए दलित दम्पती

Published on 8:28:00 PM //

प्रेम सुनार
गुल्मी , असौज २५ । आफ्नै दाजु र भाउजुले बोक्सीको आरोप लगाउँदै गुल्मी पराल्मीका एक दम्पतीलाई गए राती कुटपिट गरेका छन् । पराल्मी गाविस वडा नं. ७ रातामाटा निबासी ४५ वर्षिय भोजबहादुर विश्वकर्मा दम्पत्तीलाई दाजु किशान बिश्वकर्मा र उनकी पत्नी शसीकलाले कुटपिट गरेको घाइते दम्पत्तीले गुल्मीन्युज डट कमलाई बताएका छन् ।
कुटपिटबाट पत्नी लक्ष्मी सामन्य घाईते भए पनि पति भोजबहादुरलाई मरणासन्य अवस्थामा कुटपिट गरिएको छ । हिजो साँझ करिव ७ वजे कुटिएको बताईने बिश्वकर्मा अहिले तम्घास अस्पतालमा घाऊ जाँच गराउने बेलासम्म पनि राम्ररी बोल्न नसक्ने अवस्थामा छन् ।
सासै सासले उनले भने –‘हामी बुढाबुढीलाई बोक्सा बोक्सी भन्दै घरबाटै थुतेर दाजु भाउजु र उनिहरु सहित ६-७ जनाको समुहले अन्धाधुन्दा पिट्न थाले, त्यसपछि के भयो होस भएन । ’
पत्नी लक्ष्मीका अनुसार गत ५ वर्षदेखि बोक्सीको आरोप लगाउँदै आएका थिए किशान दम्पत्तीले । ‘जेठाजुले म बुहारीलाई समेत स्याहार्छु भने र दिदीले भित्राउ समेत भनिन उनले कुटाईबाट उठेको निधारको टुटिल्को र जेठानी दिदीले टोकेको औला देखाउदै भनिन् –‘एक्कासी उहाँ माथी झम्टीए र लौरैलौराले उहाँको टाउकोमा पुरुषहरुले हाने, मलाई जेठानी दिदीले कुटिन ।’
यस संवन्धमा जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले आरोपित पक्षलाई लिन प्रहरी खटाएको वताए । ‘अहिले कुटपिट र बोक्सीको आरोपमा मुद्धा दायर भएको छ , उनले भने– हामी यो केशलाई सिरियसली लिन्छौंैे ।
भोजबहादुरको टाउकोमा गम्भीर चोट लागेको र उनलाई सिटीस्कयान गराउनु पर्ने तम्घास अस्पतालका डा.गोविन्द अधिकारीले बताए । उनले भने –‘बेहोस अवस्थामा मुखबाट र टाउकोबाट रगत बढी बगेकोले अवस्था गम्भीर रहेको छ, उपचारका लागि पाल्पा जाने तयारी गर्नुहोस् । पराल्मी गाविस सदरमुकामसँग जोडिएको गाविस हो । र पनि त्याहाँ बोक्सी धामी आदी अन्धाविास अझै कायमै छ । रातामाटामा दलित बस्ती ठुलो छ । जाँड–रक्सीको पनि त्यत्ति कै विगविगी छ । आरोपित किशान खम्पतीसंग संपर्क हुन सकेन । स्थानिबासीका अनुसार उनिहरु पनि केहि घाईते छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग