Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सचिवहरुको आन्दोलन स्थगित

Published on 4:06:00 AM //


अनिल खत्री
गुल्मी, २५ असोज । गाउँ विकास समिति हकहित संरक्षण केन्द्र गुल्मीले गाविस सचिवहरुले अध्यक्षको काम काज गर्दा गंभिर प्रकृतिका मुद्धाहरु खेप्नु परेको भन्दै मंगलवार देखि शुरु गरेको अश्चितकालीन आन्दोलन फिर्ता लिएका छन् । जिल्ला विकास समिति गुल्मीका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली र गाविस हकहित संरक्षण केन्द्रका पदाधिकारीहरु विच जिल्ला विकास समितमा दुई पक्षवीच भएको वार्ता सहमतिमा टुंगिएपछि सचिवहरुको आन्दोलन स्थगीत भएको हो । उनीहरुले आज एक विज्ञप्ती जारी गरि जिल्ला विकास मितिले आफ्ना मागहरुलाई गंभिर रुपमा लिएको र त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष गोपाल सेनवलीले वताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग