Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकलाख यात्रु राजधानी भित्रिए

Published on 2:17:00 AM //


काठमाडौँ, कात्तिक १० - बडादशैँ मनाएर राजधानी भित्रिनेको थानकोटदेखि नै लर्को लागेको छ। आज साँझ ६ बजेसम्ममा करिब पाँचहजार सवारी साधनबाट एकलाख यात्रु राजधानी प्रवेश गरेका नागढुङ्गा प्रहरी 'पोष्ट' ले जनाएको छ।
राजधानी प्रवेशको क्रममा पोष्टमा बिहान ५ बजेसम्म दुई हजार ८ सय ३२ सवारी साधनबाट ४५ हजार यात्रु आएका पोष्टका प्रमुख कैलाश खत्रीले बताए ।

राजमार्गमा कुनै किसिमको व्यवधान नभएकाले लामो तथा छोटो दुरीका सवारी आवागमन सामान्य रहेको उनले जानकारी दिए ।

यसैबीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयले साँझ ६ बजेसम्म काठमाडौँ उपत्यकामा कुनै किसिमको सवारी दुर्घटना नभएको र तीनवटै नगरको सवारी आवागमन सामान्य रहेको जनाएको छ। रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग