Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुजातिय राज्य खोज्दै गुल्मेली नेवारहरु

Published on 8:49:00 PM //


प्रेम सुनार
गुल्मी, असौज २८ । नेवा: दवु गुल्मीले आफ्नो प्रथम अधिवेशनको नारा नै बहुजातीय पहिचान सहितको राज्य पूर्नसंरचना बनाएको छ । कतिपय राजनितिक दलले एकल जातिय पहिचानको प्रश्ताव अघि सारिरहेको बेला उनिहरुको यस्तो मागले नेवार, नेवारमै मत भिन्नता सृजना गरेका छ । उनिहरुले धार्मिक, संप्रदायिक र जातिय सदभाव कायम गरौ, नेवारी कला, भाषा र संस्कृतिको संरक्षण गरौ, गुल्मीवासी सम्पूर्ण नेवार समुदाय एक होऔ र नेवा ः दवु गुल्मीको प्रथम अधिवेशन सफल पारौ भन्ने नारा बनाएका छन ।
जिल्लामा कुल जनसंख्याको १७ प्रतिशत नेवार समुदाय रहेको उनिहरुको आकंलन छ । जिल्लाको रिडी , शान्तिपूर , तम्घास , वामिटक्सार , बलेटक्सार, बलेचौर, टाहाटिम, चारपाला, जोहाङ, पूर्तिघाट, अस्लेवा, धुर्कोट, पूर्कोट अंगा, मनबाग, धरमपानी, लुम्छा, जुभुङ्ग, छापचौर, थानापति लगायतका स्थानहरुमा नेवारहरुको बासोवास रहेको छ । उनिहरुको पख्र्यौली भक्तपूर मानिन्छ । विशेष गरी आफ्नो मौलिक संस्कृतीको संरक्षणमा बलेटक्सारका नेवारहरु अग्र पंक्तिमा छन् । उनिहरुले दशै, तिहार, नखा, साउने संक्रान्ति, जनैपुर्णिमा, योमरी पुर्णिमा, गाई जात्रा जस्ता चाड पर्वहरुमा लाखे नाच, गाई जात्रा, भोटे रोपार जात्रा, चरा नाच, घोंडानाच, बाघनाच, रासनाच, ( नागनागिनी) संष्कृतिलाई जिवन्त ढंगले प्रस्तुत गर्दै आएका छन् ।
सदरमुकाम तम्घासका नेवारहरुले समेत उनिहरुलाई निम्ताएर गत २ वर्षयता लाखे नाच देखाउदै आएका छन् । बलेटक्सारको नेवा: दवु गुल्मीले जिल्लाका सम्पुर्ण नेवारहरुलाई समेट्नु पर्ने वातवरण सिर्जना गरेर अधिवेशन गर्नु पर्ने नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति एवं नेवा: दवु तम्घासका सचिव हरिकुमार श्रेष्ठले सुझाव दिएका छन् ।
तम्घासमा गोमाकुमार श्रेष्ठको अध्यक्षतामा नेवार संगठन रहेको छ । वामी टक्सारका नेवार र वलेटक्सारका नेवारहरु पैसा काट्ने मिस्त्रीका रुपमा गुल्मीमा पहिलो पटक भित्रिएको र अरु क्रमशः ब्यापारको सिलसिलामा अर्घाखाँची हुँदै आएको जानकारहरु बताउछन । यहाँका नेवारहरुले अन्य समुदायसंग मित्रवत संबन्ध राख्दै आएका छन् । सवैको मन जित्न सफल तम्घासका नरप्रसाद श्रेष्ठ भुरे टाकुरे राज्यको अन्त्य पश्चात तम्घासको पहिलो प्रधानपञ्च रहे । उनि अध्यक्ष छँदा तम्घासलाई लक्ष्मीपुर गाउँ पञ्चायत भनिन्थ्यो । त्यस्तै तम्घासकै भुवनप्रसाद श्रेष्ठ वहुदल पश्चात तम्घासको पहिलो जन निर्वाचित अध्यक्ष भएका थिए । वलेटक्सारका तिर्थ श्रेष्ठ लगाएतका नेवारहरु पनि राजनैतिक रुपमा पत्यारीला ब्याक्तिका रुपमा चिनिन्छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग