Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले ग्वादीको सम्मेलन सम्पन्न

Published on 8:44:00 PM //


प्रेम सुनार
गुल्मी, असौज २८ । नेकपा एमाले ग्वादी गाउँ कमिटीको तेस्रो गाउँ अधिवेशन तथा युवा संघ नेपाल ग्वादी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले ज्ञानहरी ज्ञवालीको अध्यक्षतामा १९ सदस्यीय नेकपा एमाले ग्वादी गाउँ कमिटी गरेको छ । कमिटी उपाध्यक्ष, सचिव, सह–सचिवमा क्रमशः भक्त वहादुर कुवँर, घनश्याम अर्याल र विनोद ज्ञवाली सर्वसम्मतले चयन हुनु भएको छ । साथै कमिटीमा दलित, महिला, जनजाति लगायतको समावेशी रहेको छ । त्यस्तै युवा संघ, नेपाल गुल्मीका अध्यक्ष कृष्ण विश्वकर्माको उपस्थितिमा सम्पन्न युवाहरुको भेलाले रिमवहादुर लामिछानेको अध्यक्षतामा ७ सदस्यीय युवा संघ, नेपाली ग्वादी गाउँ कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमशः कृष्ण अर्याल, सरोज अर्याल, गोकर्ण दंगाल, विकास ज्ञवाली, झविन्द्र रेगामी र सुरेश ज्ञवाली रहनु भएको छ ।
गाउँ अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन सत्रमा जिल्ला सचिव सापकोटा, जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, युवा संघ, नेपाल गुल्मीका अध्यक्ष कृष्ण विश्वकर्मा, क्षेत्रिय सचिवालय सदस्य कर्ण विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग