Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैकहरुमा दसैंको चहलपहल बढ्यो

Published on 7:48:00 PM //


अनिल खत्री
गुल्मी, असोज २९ । नेपालीहरुको महान पर्व बिजय दशमी नजिकीँदै गर्दा गुल्मीको सदरमुकाम तम्घासमा बिस्तारै चहल पहल बढदै गएको छ । चाड पर्वमा आबश्यक पर्ने रङ् रोगन तथा खाध्यन्नका सामान किन्नेको चहल-पहलसँगै बजारमा रहेका बैँकहरुमा पनि चहल पहल बढेको छ ।
यतिबेला बैंकहरुमा चाडपर्व मनाउन बिदेशबाट पैसा पठाउने तथा नँया खुद्रा नोट साट्ने क्रम ह्वात्तै बढेको छ । गुल्मीमा रहेका राष्ट्रिय वाणिज्य बैक, रेसुङ्गा बिकास बैक, गुल्मी बिकास बैक, बैक अफ काठमाडौ, भृकुटी बिकास बैक, एसबिआई बैक, फेवा फाइनान्स लगायत गुल्मीमा रहेका बिभिन्न मनी ट्रान्सफरहरुमा बिदेशबाट आफन्तहरुले पठाएका पैसालिनेहरुको चहलपहल बढेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग