Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बास्केटबल प्रतियोगितामा फोर्टिन स्टार युवा क्लब बिजयी

Published on 7:56:00 PM //


घनश्याम गौतम
गुल्मी । दशैं, तिहार एवं छठ पर्वको अवसर पारेर कालिदत्त गुल्म तम्घासले जिल्लामै पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा तम्घासकै फोर्टिन स्टार युवा क्लब बिजयी भएको छ । गुल्मकै मैदानसमा सोमबार सम्पन्न प्रतियोगितामा सिद्धबाबाट उच्च माविलाई २२–२५ को स्कोरमा हराउ“दै युवा क्लब बिजयी भएको हो । बिजयी खेलाडीहरुलाई शिल्ड, कप र प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालय र बोर्डिङ्ग स्कुलहरुमा सामान्य अभ्यासको रुपमा मात्र बास्केटबल खेल खेल्दै आएको भएपनि युवा र उच्च मावि स्तरीय प्रतियोगिता जिल्लामै पहिलो पटक आयोजना भएको सेनानी मनोजकुमार थापाले बताए । ‘हामीले प्रतियोगिता आयोजना ग¥यौं’, थापाले भने, ‘तर जिल्लामै बास्केटबल प्रतियोगिता पहिलो पटक नै रहेछ, त्यसले खेलाडीहरुलाई समेत निकै उत्साहित बनायो ।’ लिग चरणमा खेलाईएको प्रतियोगितामा सदरमुकाम तम्घासका ४ टिम सहभागी थिए । जिल्लामा सिद्धबाबा उच्च मावि, अर्जुन आवासिय मावि, रिर्डस पब्लिक हाई स्कुल लगायतले पछिल्ला बर्षहरुमा विद्यार्थीहरुलाई बास्केटबल खेलका लागि अभ्यास गराउन थालेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग