मृत अवस्थामा शव भेटीयो
Published on
4:24:00 AM //
जनार्दन घिमिरे
गुल्मी, १४ कात्तिक । गुल्मीको नयाँगाउँ गाविसमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । नयाँगाउँ गाविस ९ सिमाहाघाट स्थित जलुके खोलामाअन्दाजी ४० वर्षीय उक्त व्यक्तिको शव खोलामा शरिर फुलीएको र कट्टु मात्र लगाएको अवस्थामा आज दिउँसो स्थानीयवासीले फेला पारेका हुन् । गुल्मीको हस्तिचौर गाविसमा एक व्यक्ति दुई दिन अघिदेखि हराएको भन्ने स्थानीयवासीले वताएपनि उक्त व्यक्ति को हुन् भन्ने विषयमा अझै सनाखत हुन नसको घटनास्थलवाट प्रहरी निरिक्षक रविन विष्टले जानकारी दिनु भएको छ । घटना स्थलमा शवको प्रकृति हेर्दा उक्त व्यक्तिको दुई दिन अघि नै मृत्यु भैसकेको अनुमान प्रहरीले लगाएको छ ।