Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मदिरा नियन्त्रण गर्ने माथी आक्रमण, आक्रमणकारीलाई नेताको संरक्षण

Published on 4:57:00 AM //


प्रेम सुनार
गुल्मी, १३ कार्तिक । प्रहरीसंग मिलेर गाउँमा मदिरा निषेधमा सक्रिय हुँदै आएका गुल्मी हस्तीचौरका टोल सुधार समितीका पदाधिकारीमाथी मदिरा व्याबसायीले अक्रमण गरेका छन् । केही महिना अघि मदिरा बरामद गरी प्रहरीलाई बुझाएका टोल सुधार समिती हस्तीचौर ४ उजुङ्गकि सचिव विमला खत्री र सदस्य बाबुराम खत्रीमाथी मदिरा व्याबसाय गर्दे आएका छविलाल कुँवरका छोराहरु भुवन बहादुर कुँवर र शेर बहादुर कुँवरले आक्रमण गरी घाईते बनाएका छन् ।
मदिरा सेवन गरेका अन्यलाई कार्वाही गर भन्दै छलफलमा बोलाएका बेला एक्कासी समितीका सबै पदाधीकारी माथी आक्रमण गरीएको समितीका सचिव विमलाले बताउनुभयो । आफूहरुको मदिरा बरामद गरेको र सञ्चारमाध्यममा समेत प्रचार गरेर बदनाम गराएको भन्दै उनीहरुले यसअघि पनि धम्की दिँदै आएको समितीका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो । उजुङ्ग गाउँमा मदिरा निषेध गरेपछि स्थानिय दलित गैरदलित सबै खुसी हुनुका साथै दैनिकजसो झैँझगडा हुने गाउँ शान्तिपूर्ण भएको थियो । तर छविलाल जस्ता मदिरा व्याबसायी भने समितीलाई आँखाको तारो बनाउँदै आएका छन् ।
हातपात गर्ने विरुद्ध अस्थाई प्रहरी पोष्ट धनार्जीले पक्राउ गरेपनि नेकपा एमाले हस्तीचौरका अध्यक्ष राम मल्ल ठकुरीले जमानतमा रीहा गरी लगेको समितीको गुनासो छ ।
गाउँ सुधारको अगुवाई गर्नुपर्ने मान्छेले उल्टै अपराधिको संरक्षण गरेको भन्दै टोल सुधार समितीले आपत्ती जनाएको छ । ‘प्रहरीले पक्राउ गर्छ, दलका नेताहरुले यसरी बचाउँन खोज्छन् – समितीकी सचिव केसीले भन्नुभयो – दलका स्थानिय नेता नै अपराधीको संरक्षणमा लागेपछि गाउँ सुधार गर्न पनि अव डर भयो ।’ यस सम्बन्धमा प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले संग सम्पर्क गर्दा बुझेर कार्वाहीको प्रकृया अगाडी बढाउने बताउनुभयो । कुटपिटको घटनामा संलग्नलाई जमानतमा लिने एमाले अध्यक्ष ठकुरीले केहिदिन अघिमात्रै चालकलाई कुटपिट गरी एक लाख ३० हजार जरीवाना तिरेका थिए । हस्तीचौरमा जाँडरक्सी कुटपिटका घटनामा एमाले नेता मात्रै होईन अन्य दलका नेताले पनि कार्यकर्तालाई संरक्षण गर्दै आएका छन् । जिल्लाको सबैभन्दा बढी मुद्धा पर्ने गाविस हस्तीचौर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग