Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सचिबहरुले अध्यक्षको हैसियतमा गरिने कामकाजहरु नगर्ने

Published on 8:41:00 PM //


जनार्दन घिमिरे
गुल्मी,२२ असोज । गाउँ विकास समिति हकहित संरक्षण केन्द्र गुल्मीले गाविस सचिवहरुले अध्यक्षको काम काज गर्दा गंभिर प्रकृतिका मुद्धाहरु खेप्न परेको भन्दै भोलीदेखि अश्चितकालीन रुपमा अध्यक्षको हैसियतमा गरिने सम्पूर्ण कामकाजहरु नगर्ने सामुहिक निर्णय गरेका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी गरि संक्रमणकालीन अवस्थामा अध्यक्षको जिम्मेवारी वहन गर्ने क्रममा कतिपय साथीहरु विनाकारण अख्तियार धाउनु परेको भन्दै त्यस्तो अवस्थामा सचिवहरुलाई कसैले संरक्षण नगरेको गुनासो गरेका छन् । उनीहरुले आफ्नो संरक्षक जिल्ला विकास समितिका स्थानिय विकास अधिकारीवाट समेत सचिवहरुलाई अविश्वास गरि असहयोग गर्ने काम भएको वताएका छन् । सुरक्षाकर्मि लगाई गाविस गाविसहरुमा सचिवहरुको उपस्थितिको वारेमा निगरानी गरेको उनीहरुको आरोप छ ।
गाउँ विकास समिति हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपालबहादुर सेन ओली र सचिव श्यामलाल पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षरित जारी विज्ञप्तीमा जिल्ला विकास समितिले गाविसको खातामा आर्थिक वर्ष ०६९/७० को सामाजिक सुरक्षावापतको रकम जम्मा नगरिदिएको वताएका छन् । सामाजिक सुरक्षा वापतको र कम नपठाईकन एकोहोरो रुपमा संचार माध्यमहरुमा सूचना प्रशारण गरि सात दिन भित्रमा उक्त रकम वितरण गर भन्नु जिविसको गैह्र जेम्मेवारी पन भएको भन्दै यसले सचिवहरुलाई बदनामी मात्र गर्न खोजेको वताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग