Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै भदैनीलाई बम्बैमा लगेर बेच्ने महिला पक्राउ

Published on 10:23:00 PM //


काठमाडौं, असोज २२ । आफ्नै भदैनीलाई बम्बैमा लगि बेचेको अभियोगमा काठमाण्डौं जिल्ला अदालतबाट डेढ वर्ष कैदको सजाय पाएकी खुशमाया (आशा) सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सुनुवारलाई काठमाण्डौं धुम्बाराही ईलाकाबाट पक्राउ गरि अदालतमा पेश गरेको हो । उनले दोलखा हावा–७ घर भएकी मिना कुमारी सुनुवारलाई २०५८ सालको मंसिरमा तातोपानी र उसिनेको अण्डा खान दिई बेहोस बनाई बम्बैमा लगेर असी हजार भारतीय रूपैयाँमा बिक्रि गरेकी थिइन् ।
भारतको बम्बैमा बिक्रि भई बेश्याबृति गर्न बाध्य भएकी पिडित मिना कुमारी सुनुवार बिक्रि भएको करीब ५/६ महिना पछि भागेर नेपाल फर्कन सफल भएकी थिईन । उनले दिएको उजुरीका आधारमा प्रहरीले जिऊ मास्ने बेच्ने मुद्दा हालेपछि काठमाण्डौं जिल्ला अदालतले डेढ वर्ष कैदको सजाय सुनाएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग