Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गर्भवती पत्नी बेच्नेलाई २० वर्ष कैद, २ लाख जरिवाना

Published on 8:50:00 PM //

गर्भवती पत्नीलाई बेचेको आरोपमा पतिसहित तीन जनालाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना फैसला गरेको छ ।

उनीहरुले उक्त महिलालाई भारतको कोठीमा लगेर विक्री गरेको ठहर  जिल्ला अदालतले गरेको छ । प्रतिवादी ३ जनाको आर्थिक अवस्था कमजोर भएकाले जरिवानाको ५० प्रतिशत अर्थात १र१ लाख रुपैयाँ पुर्नस्थापना कोषवाट राज्यले जाहेरवालालाई उपलब्ध गराउनु पर्ने आदेश पनि गरेको छ ।

जिल्ला न्यायाधीश टेकनारायण कुवरको इजलाशले महिलाका पति मनहरी ३ बस्ने ३८ वर्षीय सिताराम थिङ, पदमपोखरी १ का ५४ वर्षीय श्यामवहादुर बम्जन र ५३ वर्षीय शशीकुमार तितुङलाई २३ वर्ष अघि सितारामकी पत्नीलाई विक्री गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

१६ वर्षीया किशोरीसंग विहे गरेर थिङले ६ महिनापछि दुवै जना भारतमा जागिर खाने भनेर उनलाई २०४६ भदौमा बम्बई झुक्याएर पुर्याइए बेचेको ठहर गरिएको छ । उनलाई बम्बई पुर्याउदा श्यामवहादुर र शशीकुमार पनि सँगै गएका थिए ।

बम्वईमा  पुगेपछि गर्भवती महिलालाई ५० हजार रुपैंयामा  पतिसहित ३ जनाले विक्री गरी फरार भएका थिए । त्यसबेला उनी ५ महिनाकी गर्भवती थिइन् । बेचिएकी महिलाले कोठीमा छोरालाई जन्म दिएकी थिईन् । छोरा ५ वर्षको भएपछि उसलाई पालनपोषण गर्न अरुले नै लगेका थिए । अहिले उनी २३ वर्षका भइसके ।

१५ वर्षसम्म कोठीमा वसेकी महिलाको रगतमा एचआइभीको जीवाणु फेला परेपछि कोठीवाट निकालिएकी थिइन् । २०६८ चैत २१ गते उनी मनहरी आउन सफल भईन् । उनले माइती नेपालको सहयोगमा गर्भवति भएको अवस्थामा आफुलाई विक्री गर्ने पतिको विरुद्धमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

उजुरीको आधारमा प्रहरीले सितारामलाई चितवन रत्न नगरपालिका १३ को जयमंगलवाट चैत २३ गते पक्राउ गरेको थियो । सितारामका वयानको आधारमा श्यामवहादुर र शशीकुमार पक्राउ परेका हुन् । पिडित महिला अहिले मनहरीस्थित माइती घरमा वस्छिन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग